कीवर्डहरू -

विश्व बजारमा हार्मोनी ओएस सार्वजनिक गर्ने ह्वावेको योजना

विश्व बजारमा हार्मोनी ओएस सार्वजनिक गर्ने ह्वावेको योजना

ह्वावेले आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले चीनमा लोकप्रिय रहेको हार्मोनी ओएसलाई ह्वावेले विश्वभर उपलब्ध गराएको योजना बनाएको हो । 

हाल विश्व बजारमा एन्ड्रोइड र आईओएस मोबाइल अपरेटिङ सिस्टमले प्रभुत्व जनाएको छ । तर अब यी दुई ओएसलाई हार्मोनी ओसले टक्टर दिने बताइएको छ । 

अमेरिकाले सन् २०१९ मा ह्वावेमाथि प्रतिबन्ध लगाएपछि कम्पनीले एन्ड्रोइड र सेमिकन्डरको पहुँच गुमाएको थियो । त्यसैकारण ह्वावेले विगत केही वर्षदेखि हार्मोनी ओएसमा काम गरिरहेको छ भने पछिल्ला फोनमा चीनमै बनेको प्रोसेसर प्रयोग गरिएको छ । 

एन्ड्रोइड र आईओएसको बलियो इकोसिस्टम बुझेको ह्वावेले हार्मोनी ओएसको पनि इकोसिस्टम विकासमा लागेको छ । बलियो इकोसिस्टम विकास लागि ह्वावेले एप डेभलपरसँग नजिकबाट काम गर्न चाहेको छ । 

ह्वावे एन्ड्रोइड र आईओएससँगै तेस्रो विकल्पको रूपमा हार्मोनी ओएस अगाडि आउन खोजेको छ । अमेरिकी प्रतिबन्धले यस प्रक्रियामा केही कठिन देखिएपनि यसलाई सफल पार्न ह्वावे विश्वस्त देखिएको छ । 

हार्मोनी ओएस स्मार्टफोनमा मात्र भएर स्मार्टवाच, घडी कगायतका अन्य विभिन्न डिजिटल डिभाइसमा प्रयोग गर्न सकिने छ । अहिले चीन बाहेक विश्वव्यापी रूपमा आउने ह्वावेका फोन ईएमयुआईमा सञ्चालित छन, जुन एन्ड्रोडइमा आधारित छ ।

त्यसमा गूगलका सेवाहरू समेत उपलब्ध छैनन् । अब विश्व बजारमा उपलब्ध हुने फोनमा समते हार्मोनी ओएस प्रयोग गर्ने ह्वावेको तयारी छ ।