कीवर्डहरू -

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ । 

अत्यधिक लोकप्रिय ग्यालेक्सी एमसिरिजमा नवीनतम विशेषताहरु थप गरेर प्रयोगकर्ताहरूलाई सुपर एमोलेड फुल एचडी प्लस डिस्प्ले, मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी सिग्नेचर डिजाइनको साथमा आउने यस फोन ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । मिडिया टेक डायमेन्सिटी ६१०० प्लसद्वारा संचालित रहेको छ । ग्यालेक्सी एम १५ फाइभजी सेग्मेन्टकै सर्वश्रेष्ठ ६ हजार एमएएच ब्याट्रीको साथ आउँछ, जसले स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्ने कम्पनीको दावी छ ।

सामसङले पनि उपभोक्ताहरूका लागि एक वास्तविक २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले भएको यो डिभाइसमा उत्कृष्ट, डिफेन्स ग्रेड नक्स सेक्युरिटीको साथ पनि आउँछ । साथै सामसङ नक्स भल्टको सुविधा समेत यसमा समावेश रहेको छ । यी सुविधाले फोनलाई अझ सुरक्षित बनाउने छ । 
फोनमा ५० मेगापिक्सेल ट्रिपल र १३ मेगापिक्सेल फ्रण्ट क्यामेरा रहेको छ । 

यसका साथै यसमा भएको क्वीक शेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि तपाईंको ल्यापटप र ट्याब लगायतका कुनै पनि अन्य उपकरणसँग शेयर गर्न सकिने छ । 

ग्यालेक्सी एम १५ फाइभजी मार्फत सामसङले फोर जेनेरेशन ओएस अपग्रेडहरू र पाँच वर्षको सुरक्षा अपडेटहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्यालेक्सी एम १५ फाइभजी ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

साथै, देशभरका २००० भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर तपाईंले आफ्नो नागरिकता मात्र देखाएर ० प्रतिशत ब्याज दरमा ईएमआईमा सजिलैसँग यो नयाँ फोन प्राप्त गर्न सकिने छ ।