कीवर्डहरू -

महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ८४ हजार प्रति बिक्री भएको छ । 

गत असोजमा सार्वजनिक भएको पुनको आत्मकथा ६ महिनाको अवधिमा ८४ हजारप्रति बिक्री हुन सफल भएको हो । महावीर पुन देशका विभिन्न भूभागमा गएर आफै आफ्नो आत्मकथा बिक्री गरिरहेका छन् । 

आत्मकथा बिक्रीबाट अहिलेसम्म ५ करोड रूपैयाँ संकलन भएको महावीर पुनले बताएका छन् । पुस्तक बिक्री गरेर आएको रकमले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने योजना महावीरको छ । 

३० वर्ष सम्म बन्द अवस्थामा रहेको वीरगंजको कृषि औजार कारखाना चलाउनको लागि पुनले आफ्नो पुस्तक बिक्री गरेर आर्थिक सहयोग जुटाइरहेका छन् । 

३०६ पृष्ठ रहेको पुस्तकको मूल्य स्वदेशमा ७५० रूपैयाँ र विदेशमा १० डलर तोकिएको छ । अहिलेसम्म उनी आफै २८ जिल्लाका गाउँ, बजार र वस्तिमा पुगेर किताब बिक्री गरिरहेका छन् ।

किताबमा उनको बाल्य अवस्थादेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनसम्म आइपुग्दाका विभिन्न अनुभव, टर्निङ प्वाइन्ट र जीवन भोगाइहरू समेटिएका छन् ।