कीवर्डहरू -

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालमा रहेको अग्रणी साइबर सुरक्षा फर्म, भैरव टेकले आफ्नो सर्भिस अर्गनाइजेशन कन्ट्रोल (SOC) टु टाइप वान प्रमाणित कम्पनी बन्न सफल भएको छ ।

धेरै किसिमका गुणस्तर, जोखिम र अनुपालन सेवाहरू प्रदान गर्ने साइबर सुरक्षा सेवा प्रदायक क्युआरसी सोलुसन्सद्वारा कार्यान्वयन गरिएको यस अडिटले भैरव टेकको सूचना सुरक्षा अभ्यास, नीति, प्रक्रिया र सञ्चालनहरूले सुरक्षा, उपलब्धता र गोपनीयताका लागि एसओसी टु मापदण्डहरू पूरा भएको पुष्टि गरेको छ ।

भैरव टेकका प्रमुख कार्यकारी अधिकृत विजय लिम्बू सेनिहाङले बृहत् लेखापरीक्षण प्रक्रियापछि हामी भैरव टेक एसओसी टु टाइप वान प्रमाणित कम्पनी हुन पाउँदा निकै उत्साहित भएको बताए ।
‘हामी नेपालबाट SOC 2 प्रमाणित भएको एकमात्र साइबर सुरक्षा कम्पनी भएकाले, यस प्रमाणीकरणले हाम्रो कम्पनीका लागि एउटा बेन्चमार्क सेट गरेको छ,’ उनले भने, ‘उचित किसिमका साइबर सुरक्षाका सेवा र सुविधाहरु प्रदान गर्दै, त्यसको कार्यान्वयनका लागि योग्य प्रणालीको व्यवस्थापन र प्रयोगलाई बढावा दिने कुरामा पनि प्रतिबद्ध छौं ।’

अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्स (AICPA) द्वारा डिजाइन गरिएको एसओसी टु टाइप वान लेखापरीक्षण प्रक्रियाले कुनै पनि सेवा प्रदायक संस्थामा लागू गरिएका नियन्त्रणहरूका बारेमा विस्तृत जानकारी, तथा आश्वासनहरु चाहिएमा दायरामा रही प्रयोगकर्ताहरूको आवश्यकताअनुरुप पूरा गरिनुपर्ने रिपोर्टिङ मेकानिजमलाई जनाउँदछ । 

साथै, यस रिपोर्टले कुनैपनि सेवा प्रदायक संस्थाले प्रयोग गर्ने प्रणालीहरुको सुरक्षा, उपलब्धता, प्रोसेसिङ इन्टेग्रिटी र गोपनीयताको अवस्था के कस्तो छ भन्ने व्यहोरा पनि दर्शाउँछ ।

हामी नेपालबाट SOC 2 प्रमाणित भएको एकमात्र साइबर सुरक्षा कम्पनी भएकाले, यस प्रमाणीकरणले हाम्रो कम्पनीका लागि एउटा बेन्चमार्क सेट गरेको छ । साथै, उचित किसिमका साइबर सुरक्षाका सेवा र सुविधाहरु प्रदान गर्दै, त्यसको कार्यान्वयनका लागि योग्य प्रणालीको व्यवस्थापन र प्रयोगलाई बढावा दिने कुरामा पनि विगत ५ वर्षदेखि, आईएसओ २७००१: २०१३ प्रमाणित साइबर सुरक्षा फर्म भैरव टेकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न किसिमका साइबर सुरक्षाका सेवा तथा सुविधाहरू प्रदान गर्न सक्रिय रहेको छ ।

कम्पनीले सेक्युरिटी अपरेशनस् सेन्टर, भलनेरबिलिटी एसिस्मेन्ट एण्ड पेनिट्रेसन टेस्टिङ, म्यानेज्ड डिटेक्सन एण्ड रेस्पोन्स, गभर्नेन्स, रिस्क एण्ड कम्प्लायन्स, म्यानेज्ड साइबर सुरक्षा परामर्श लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । 

साथै, साइबर सेक्युरिटी जगतमा आफ्नो उल्लेखनीय प्रदर्शनका कारण यस संस्था लगातार ३ पटक TOP 250 MSSPs of the World मा पर्न सफल भएको थियो भने, सन् २०२२ मा एलाइड मार्केट रिसर्चद्वारा पेनिट्रेशन टेस्टिङको टप की प्लेयर समेत घोषित भएको थियो ।