कीवर्डहरू -

गृहमन्त्रीविरूद्ध कमेन्ट गर्दा यातना दिएको भन्दै सार्वजनिक भएको भिडियो गलत होः साइबर ब्यूरो

गृहमन्त्रीविरूद्ध कमेन्ट गर्दा यातना दिएको भन्दै सार्वजनिक भएको भिडियो गलत होः साइबर ब्यूरो

नेपाल प्रहरीको साइबर ब्यूरोले जाजरकोट घर भएका हाल कीर्तिपुर बस्ने गणेशमान सिंहले पोष्ट गरेको भिडियो सामग्री प्रति गम्भिर ध्यानाकर्षण जनाएको छ । 

गृहमन्त्री रवी लामिछानेविरुद्ध फेसबुकमा कमेन्ट गरेपछि साइबर ब्यूरोले बोलाएर यातना दिएको भनेर सिंहले पोष्ट गरेको भिडियो गलत रहेको ब्यूरोले जानकारी दिएको हो । 

ब्युरोका अनुसार ऋषीराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा उक्त आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय बोलाएको थियो ।

सिंह बैशाख १२ गते कार्यालय पुगेका थिए । उनको साथीले दिएको पूर्व जानकारी अनुसार सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बयान दिएका थिए । त्यसपछि प्रहरीले तत्कालै उनलाई वीर अस्पताल लगेको थियो । उनले अस्पतालको बेडबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेका थिए ।

अस्पतालको वेडबाटै आम नागरिकमा भ्रम श्रृजना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्याउने निकृष्ट उद्देश्य राखि सामाजिक सञ्जाल फेसबुकबाट पोष्टभई प्रचार भएको भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा चेतावनी समेत दिएको छ ।