कीवर्डहरू -

एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने

एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने

हाल गुगलले अहिले एन्ड्रोइड १५ सिस्टममा काम गरिरहेको छ । यसको पहिलो डेभलपर प्रिभ्यू भर्खरै जारी गरिएको छ । यसमा धेरै नयाँ सुविधाहरू समावेश गरिने बताइएको छ ।

यसले प्रयोगकर्ताहरूको अनुभव बृद्धि गर्न काम गर्ने गूगलको भनाइ छ । एन्ड्रोइड १५ मा वायरलेस चार्जिङका लागि एनएफसी (नियर फिल्ड कम्युनिकेसन) सपोर्ट उपलब्ध हुनेछ । एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यूबाट समेत एनएफसी सेवा प्रयोग गर्न सकिने छ । 

यसबाट ट्र्याकर, स्टाइलस र वायरलेस इयरबड जस्ता साना ग्याजेटहरू चार्ज गर्न प्रयोग गर्न सकिन्छ । गूगलले सक्रिय रूपमा यो सुविधामा काम गरिरहेको छ । यद्यपि यो अझै एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) मा उपलब्ध छैन् । 

साना डिभाइसहरू चार्ज गर्नका लागि एनएफसी सेवा उपयोगी हुन्छ । एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यू फेब्रुअरी २०२४ मा प्रस्तुत गरिएको थियो । यसपछि पहिलो बेटा संस्करण समेत अप्रिल २०२४ मा सार्वजनिक गरिएको छ । अन्तिम संस्करण आगामी केही महिनामा प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछ ।