कीवर्डहरू -

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पौडेलविरूद्ध नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी पदमा रही लाभ लिएको अभियोगमा मुद्दा दायर भएको हो । 

पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाईरहने उद्देश्यले आफैले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरेका थिए । 

राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमती लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि उनीविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।