कीवर्डहरू -

मानिसलेजस्तै काम गर्न सक्ने ह्युमनोइड रोबोट अप्टिमस सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक हुने

मानिसलेजस्तै काम गर्न सक्ने ह्युमनोइड रोबोट अप्टिमस सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक हुने

टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ह्युमनोइड रोबोट अप्टिमसको बारेमा नयाँ अपडेट साझा गरेका छन् । मस्कले अप्टिमसले बजारमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

मस्कले अप्टिमस (ह्युमनोइड रोबोट, ओप्टिमस) को बारेमा जानकारी दिदै रोबोटलाई आगामी वर्ष अर्थात् २०२५ को अन्त्यसम्ममा व्यावसायिक रूपमा ल्याइने बताएका छन् ।

मस्कले आफ्नो कम्पनीसँग यस क्षेत्रमा अझ राम्रो काम गर्ने क्षमता रहेको विश्वास गर्छन् ।  टेस्लाले सेप्टेम्बर २०२२ मा पहिलो पुस्ताको अप्टिमस प्रस्तुत गरेको थियो ।

यो वर्ष कम्पनीले दोस्रो पुस्ताको ओप्टिमस सम्बन्धी भिडियोहरू सेयर गरेको छ । अप्टिमसलाई मानिस जस्तै काम गर्न सक्ने देखाइएको छ । खासगरी श्रमिक अभाव पूर्ति गर्न यी रोबोटलाई विशेष मानिएको छ ।

रोबोटहरूले धेरै उद्योगहरू जस्तै लजिस्टिक, भण्डारण र निर्माणमा जस्तो दोहोरिने कार्यहरू गर्न सक्नेछन् ।

यद्यपि, सुरक्षा, लागत र उपलब्धता रोबोटका लागि चुनौती रहनेछ । यसका साथसाथै वास्तविक संसारको वातावरणमा रोबोटद्वारा केही कठिन कार्यहरू गराउन पनि गाह्रो काम हुनेछ ।