कीवर्डहरू -

नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर

नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर

गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरको माथिल्लो दायाँ छेउमा नौलो साइड प्यानल पनि राखिएको छ ।

प्रयोगकर्ताहरूले अब गुगल क्रोममा नयाँ तरिकाले नेभिगेट गर्न सक्ने छन् ।  प्रयोगकर्ताहरूले क्रोम मेनुमा नै अधिकांश सुविधाहरू प्राप्त गर्ने जनाइएको छ । साइड प्यानल बटनको स्थानमा वर्गाकार आइकन राखिएको छ । 

यसअघि, साइड प्यानल बटनमा गएर ड्रपडाउन मेनुमार्फत बुकमार्क सेक्सन र अन्य पृष्ठहरूमा पहुँच उपलब्ध थियो । तर यो नयाँ अपडेटको साथ, तपाईंले अब हिस्ट्री, पढ्ने सूची (रिडिंग लिस्ट), बुक मार्क र सर्चमा स्वचालित रूपमा पहुँच प्राप्त गर्नुहुनेछ ।

यी मध्ये कुनै पनि तुरुन्तै पहुँच गर्न, भर्खरै विभाजित सेक्सनमा पिन प्यानल प्रयोग गर्न सकिने छ । अर्कोतर्फ, गुगल एक्सटेन्सन मेनुमा फ्ल्याग अन गर्नको लागि नयाँ टगल प्रदान गरिएको पनि रिपोर्टमा दाबी गरिएको छ । साथै सबै चलिरहेको एक्सटेन्सनहरू एक क्लिकमा बन्द गर्न सकिन्छ ।