कीवर्डहरू -

सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने

सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने

परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रुपमा काम गर्ने गरि निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ ।

यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स् कम्पनी अब निओ मनिट्रान्स्फरबाट सञ्चालनमा आएको हो । 

एक दशक भन्दा लामो समय देखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्रान्ड गरेको छ ।

विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुले मेहनत गरेर कमाएको पैसालाई नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरि न्युनतम शुल्कमा छिटो, सुरक्षित, र भरपर्दो तरिकाले आफन्तको माझमा पुर्याउने काम यस संस्थाले गरिरहेको छ ।

निओ अर्थात नयाँ वा पुनर्जीवित रूप हो भने निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दो अभियान हो ।

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको रकम केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिने छ ।

त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सक्नुहुनेछ । 

निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले डिजिटल रेमिटेन्स किफायती हुनुको साथै छिटो र सुरक्षित भएकाले सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिएको बताए ।

डिजिटल रेमिटेन्स भनेको सेवाग्राहीको बैंक खाता तथा वालेट आइडीमा सिधै रकम भुक्तानी गर्ने माध्यम हो । यसले पैसा पठाउदा लाग्ने खर्च घटाउन निकै ठूलो योगदान दिन्छ ।  

विश्व बैंकले गरेको अध्ययनमा सन् २००९ मा कस्ट अफ मुभिङ फन्ड १० प्रतिशत रहेको थियो भने अहिले सन् २०२३ को अध्ययनमा यो ६.१८ प्रतिशत मा झरेको छ ।

दीगो विकास लक्ष्यले सन् २०३० सम्म ३ प्रतिशतमा झार्ने उद्देश्य लिएको छ र यो पारम्पारिक रेमिटेन्सलाई डिजिटल माध्यममा परिवर्तन गरिसकेपछि मात्र सम्भव हुनेछ । यहि लक्ष्यलाई निओ मनि ट्रान्सफरले समर्थन गर्दै देशमा सक्दो डिजिटल रेमिटेन्स भित्र्याउने उद्देश्य लिएको छ ।