कीवर्डहरू -

अनावश्यक एपलाई क्यामेरा, फोटो र स्थानको पहुँच दिनुभएको छ ? ख्याल गर्नुस् ह्याकिङको शिकार हुनुहोला

अनावश्यक एपलाई क्यामेरा, फोटो र स्थानको पहुँच दिनुभएको छ ? ख्याल गर्नुस् ह्याकिङको शिकार हुनुहोला

आजको डिजिटल युगमा साइबर ठगीको शिकार जो पनि हुन सक्छ, जो कोहीको डाटा लीक हुन सक्छ । यदि तपाईसँग महँगो फोन वा ल्यापटप छ भने त्यसको डाटा लीक हुँदैन भन्ने होइन ।

साइबर अपराधीहरू तपाईंको गल्तीको पर्खाइमा हुन्छन् । तपाईंले कुनै पनि एप डाउनलोड गर्ने बित्तिकै ती एपहरूले फोनको ग्यालरी, सम्पर्क सूची, स्थान, क्यामेरा आदिमा पहुँच पाउँछन् ।

यी पहुँचहरू आवश्यक नपर्ने एपहरूले पनि पाइरहेका हुन्छन् । यसले गर्दा तपाई ह्याकिङको शिकास बन्न सक्नुहुन्छ । आज हामी तपाईंलाई कुनै पनि एपको पहुँच कसरी हटाउने भनेर जानकारी दिदैछौं । 

हामीले कुनै पनि एप डाउनलोड गरेर प्रयोग गर्दा हामीले पहुँचको लागि अनुमति मागिन्छ ।  यी फिचरलाई प्रयोग गरेर डिभाइसमाथीको जथाभावी बाह्य नियन्त्रण कम गर्न सक्छौँ । पहुँचको अनुमतिको माग्दा तलका ३ वटा विकल्प देखा पर्द्छन् । 

आस्क एभरीटाईम: यो एक धेरै उपयोगी सुविधा हो । यसलाई चयन गरेपछि, जब तपाई त्यो एप प्रयोग गर्नुहुन्छ, यसले तपाईको अनुमति माग्नेछ ।

डोन्ट अलाऊ : यदि तपाईंले यो विकल्प रोज्नुभयो भने कुनै पनि एपले क्यामेरा, स्थान, माइक्रोफोन आदि पहुँच गर्न सक्षम हुनेछैन् ।

अलाऊ ह्वाइल यूजिंग एप : यदि तपाईंले यो विकल्प चयन गर्नुभयो भने, तपाईंले त्यो एप प्रयोग गर्दा मात्र एपले क्यामेरा, स्थान, ग्यालेरी पहुँच गर्नेछ । यो अनुमति अस्थायी हो ।

सेटिङ्बाट एपको परमिसन परिवर्तन गर्ने तरिका

  • आफ्नो एन्ड्रोइड फोनको सेटिङमा जानुहोस् र परमिसनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ एप चयन गर्नुहोस्, जसको सेटिङ तपाईं परिवर्तन गर्न चाहनुहुन्छ ।
  • यहाँबाट तपाईले कुन एपलाई केको लागि अनुमति छ भनेर पनि जाँच गर्न सक्नुहुन्छ ।
  • उक्त ठाउँबाटकुनै पनि पहुँच परिवर्तन गर्न पनि सक्नुहुन्छ ।