कीवर्डहरू -

कार्यक्रम

स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ आयोजना गर्ने भएको छ । 

‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ भन्ने थिममा स्किल स्पार्कले स्किल स्पार्क च्याम्पियनशीप भिडियो प्रतियोगिता गर्न लागेको हो । 

क्रियटिभ व्यक्तिहरूलाई एउटा राष्ट्रियस्तरको प्लेटफर्म प्रदान गर्ने र समाजमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित भिडियो प्रतियोगिता आयोजना गर्न लागेको स्किल स्पार्ककी संस्थापक तथा सीईओ सिर्जना झाले जानकारी दिइन् । 

यस प्रतियोगितामा सहभागी हुन् ‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ थिममा कम्तिमा १ मिनेट र बढीमा ३ मिनेटसम्मको भिडियो बनाउन सकिने छ । 

भिडियो एकल वा समूहको सहभागीता बनाउन सकिने छ । तर एउटा टिममा १ देखि ४ जना मात्रै रहन पाइने छ । भिडियो बनाएपछि सुरूमा  [email protected], [email protected] इमेलमार्फत स्किल स्पार्कलाई पठाउनु पर्नेछ । 

उक्त भिडियो स्किल स्पार्कले स्वीकृत गरेपछि बनाउने व्यक्ति वा समूहले कम्तिमा ३ वटा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा राख्नुपर्नेछ भने स्किल स्पार्कले पनि आफ्नो सामाजिक सञ्जालमा राख्ने छ ।

देशभरबाट प्राप्त भिडियोहरू मध्येबाट जुरी समितिले उत्कृष्ट १० भिडियो छनौट गर्नेछ । जुरी समितिले भिडियोको गुणस्तर, रिच, भ्यूज र थिमसँगको अलाइमेन्टलाई ध्यानमा राखेर मूल्यांकन गर्ने स्किल स्पार्कले जनाएको छ ।

संस्थाका अनुसार भिडियो बनाउने उत्कृष्ट १० व्यक्ति वा समूहलाई काठमाडौं बोलाइने छ । काठमाडौंमा उनीहरूले भिडियो बनाउँदा खेरिको अनुभवसहितको एउटा प्रस्तुती दिनुपर्नेछ । 

प्रस्तुती दिएपछि उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था रहेको छ । यस अन्तर्गत पहिलो हुनेलाई ५० हजार नगद र स्किल स्पार्कका हरेक आईटी कोर्षमा ५० प्रतिशत छुट प्रदान हुनेछ । 

त्यस्तै दोस्रो हुनेलाई ३५ हजार रूपैयाँ नगद र कोर्षमा ३५ प्रतिशत छुट मिल्नेछ भने तेस्रो हुनेलाई २० हजार नगद र कोर्षमा २० प्रतिशत छुट मिल्ने छ । 

काठमाडौंमा सहभागी हुने अन्यलाई पनि प्रमाणपत्रका साथै स्किल स्पार्कका कोर्षमा विशेष छुट प्रदान गरिने बताइएको छ । साथै काठमाडौं उपत्यकाबाट आउनेलाई काठमाडौंमा खाना र बस्नको व्यवस्था समेत स्किल स्पार्कले नै गर्नेछ । फाइनल कार्यक्रम आगामी जेठ ३० गते सञ्चालन हुनेछ । 

यदी तपाई पनि स्किल स्पार्कको स्किल स्पार्क च्याम्पियनशीपमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर नाम दर्ता गर्न सकिने छ । नाम दर्ता गरेपछि वैशाख ३० गतेसम्म भिडियो पठाउन सकिने छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् । 

साथै स्किल स्पार्कले यस कार्यक्रममा विभिन्न संघसंस्थाहरूलाई पनि सहकार्यका लागि आह्वान गरेको छ । साथै प्रतियोगिता बारे थप जानकारी यहाँ क्लिक गरेर लिन सकिने छ । 

स्किल स्पार्कको ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ कार्यक्रमको यो पहिलो संस्करण हो । अबदेखि हरेक वर्ष फरक फरक थिममा यो प्रतियोगिता आयोजना हुनेछ । 

कार्यक्रम

फ्युजमेसिन्सले खुलायो एआई फेलोशिपको आवेदन, छनौट हुनेलाई पूर्ण छात्रवृत्ति

एआईको क्षेत्रमा उत्कृष्ट काम गरिरहेको कम्पनी फ्युजमेसिन्सले एआई फेलोशिप २०२५ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्…

नेपालमै पहिलो पटक एसईओ कन्फेरेन्स आयोजना

नेपालमै पहिलो पटक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) कन्फेरेन्स आयोजना भएको छ । एसईओ एजेन्सी ओर्का सोसल्सले फागुन १६ गते शुक्रबार न…

हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न, को को भए विजेता ?

हल्ट प्राइज़ आईओई, पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न भएको छ । यलो पगोडा कान्तिपथमा भएको फाइनलमा ११ टिमले प्रतिस्पर्धा गरेका थ…

हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल सम्पन्न

एमआईटी कलेज बागबजारमा हल्ट प्राइजको आईओई पुल्चोक क्याम्पस सेमिफाइनल प्रतियोगिता सम्पन्न भएको छ । ‘अनलिमिटेड’ भन्ने थ…

नेशनल साईबर ओलम्पियाड २०८१ को +२ संस्करण सुरू

नेशनल साईबर ओलम्पियाड २०८१ को प्लस टु संस्करणको प्रतियोगिता सुरू भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पि…

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.…

चैत २२ र २३ गते काठमाडौंमा वर्डक्याम्प नेपाल २०२५ हुँदै, किन हुने सहभागी ?

आगामी अप्रिल ४ र ५ तारिख अर्थात चैत २२ र २३ गते काठमाडौंको वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको छ । वर्डप्रेस तथा समग्र…

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ । 

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे…

ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै

पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …

भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न

ललितपुरको भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी मेला ५.० को प्रि इभेन्टको रूपमा सञ्चालन भएको प्रतियोगि…

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण हुँदै, प्रत्येक हप्ता आईटी कार्यशाला सञ्चालन हुने

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गइरहेको नेशनल साईबर ओलम्पियाड २०८१…

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै

ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज…

काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू

काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।

काठमाडौं फिनटेकको आयोजना र फि…