कीवर्डहरू -

कार्यक्रम

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्बर २०२६) मा आयोजना हुने भएको छ ।

आईसीटी फाउन्डेसन नेपालले भदौ ११ गते (२७ अगस्ट २०२६) आयोजना गर्ने तय गरेको कन्क्लेभ भोटेकोशी र त्रिशूली नदीमा आएको अचानक बाढीका कारण स्थगित गरेको थियो । विपद्का कारण जनधनको क्षति भएपछि उद्धार, राहत तथा उपचार कार्यलाई प्राथमिकता दिँदै कार्यक्रमको पूर्वनिर्धारित मिति सारिएको थियो ।

स्थगित गरिएको कार्यक्रमका लागि अब नयाँ मिति तय गरिएको आईसीटी फाउन्डेसन नेपालले जनाएको छ । असोज ४ गते काठमाडौंमा कन्क्लेभ आयोजना गरिने संस्थाले जानकारी दिएको हो ।

नेपालको डिजिटल रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, डिजिटल पूर्वाधार, नवप्रवर्तन तथा प्रविधिको आगामी दिशाबारे छलफल गर्ने प्रमुख कार्यक्रमका रूपमा डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै आएको छ । कन्क्लेभमा प्रविधि क्षेत्रका विज्ञ, सरकारी प्रतिनिधि, निजी क्षेत्र, स्टार्टअप तथा सरोकारवालाको सहभागिता रहनेछ ।

बाढीका कारण कार्यक्रम स्थगित गर्नुपरेपछि सहभागी, साझेदार तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति आईसीटी फाउन्डेसन नेपालले यसअघि क्षमायाचना गरेको थियो । साथै, विपद्को समयमा उद्धार, राहत तथा उपचारमा खटिने सबैप्रति सम्मान व्यक्त गर्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको थियो ।

नयाँ मितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।

कार्यक्रम

वर्डक्याम्प काठमाडौं २०२६ को तयारी अन्तिम चरणमा, देशभरका प्रविधि क्षेत्रका व्यक्तिको सहभागिता हुने

काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको …

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि-अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड&…

पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सांसद गजुरेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्रमा याताय…

महिलाको सम्मानमा इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो व्यावसायिक पहिचानलाई सांस्कृतिक र सामाज…

नेपाली स्टार्टअपको विश्व बजार विस्तारमा अमेरिकी दूतावासको साथ, २० उद्यमी सम्मानित

काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चाल…

नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै, एआईदेखि डिजिटल बैंकिङसम्मका प्रविधि प्रदर्शनीमा

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले ने…

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्य रूपमा सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न आह्वान

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएक…

युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव : काठमाडौं युथ कन्क्लेभ २०२६ शनिबार हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ क…

कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…

‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान

काठमाडौं ।  यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको…

आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना

काठमाडौं । वर्डक्याम्प काठमाडौं २०२६ को तयारीस्वरूप नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा आइतबार एक दिने &lsquo…

एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन

काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्…

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्…