कीवर्डहरू -

कार्यक्रम

बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न भएको छ । लन्डनस्थित र्‍याडिसन ब्लु होटल, लन्डन हिथ्रोमा आयोजित कार्यक्रममा नेपाली प्रविधि उद्योगको क्षमता, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजारमा विस्तारका सम्भावनाबारे जानकारी प्रस्तुत गरिएको थियो ।

नेपाली प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको रोडशोमा नेपालका प्रविधि कम्पनीहरूले साइबर सुरक्षा, आईटी सेवा तथा बीपीओ, वेब तथा एप्लिकेसन विकास, क्लाउड, डेटा इन्जिनियरिङ, उत्पादन तथा प्रविधि विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा हासिल गरेको अनुभव तथा क्षमताबारे प्रस्तुति दिएका थिए ।

null

कार्यक्रममा नास-आईटीका उपाध्यक्ष विभूषण बिष्टले नेपालको आईसीटी इकोसिस्टम, दक्ष जनशक्ति तथा नेपाली प्रविधि कम्पनीहरूको क्षमता र अन्तर्राष्ट्रिय बजारमा सेवा तथा प्रविधि समाधान उपलब्ध गराउने सम्भावनाबारे प्रस्तुति दिएका थिए ।

नेपाल र बेलायतबीच प्रविधि, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, ब्रिटिस दूतावास काठमाडौंका व्यापार तथा लगानी प्रमुख अनुप श्रेष्ठ र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले धारणा राखेका थिए ।

रोडशोमा अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रविधि कम्पनीहरूले हासिल गरेको अनुभव समेत प्रस्तुत गरिएको थियो । बेलायतमा मुख्य कार्यालय रहेको जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जनी फुयाँलले क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, एआई तथा डिजिटल रूपान्तरणका क्षेत्रमा कम्पनीले हासिल गरेको अन्तर्राष्ट्रिय अनुभव साझा गरे ।

त्यस्तै, सिम्प्लिफाइड सोलुसनका प्रमुख प्रविधि अधिकृत (सीटीओ) सुरज ज्ञवालीले पेमेन्ट, फिनटेक, साइबर सुरक्षा, क्लाउड आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा काम गर्दाको अनुभव प्रस्तुत गरे ।

इन्ग्रेल्सका सहसंस्थापक निर्देश द्वाले उत्पादन तथा प्रविधि विकास र स्केलेबल समाधानमा नेपालको क्षमताबारे जानकारी दिए । एकबाना सोलुसन्सका एआई विभाग प्रमुख डा. भगवान ओझाले एआई, डेटा, अनुसन्धान तथा इन्टरप्राइज सफ्टवेयर इन्जिनियरिङका विषयमा प्रस्तुति दिएका थिए ।

null

यसैगरी, नेपाल इन बिजनेसका टिम लिड रातिस बस्न्यातले निजी क्षेत्रको विकास, व्यापार तथा लगानी, नीतिगत सुधार र अन्तर्राष्ट्रिय बजारमा पहुँचका अवसरबारे आफ्नो प्रस्तुति राखेका थिए ।

नास-आईटीका अनुसार रोडशोमार्फत नेपाललाई प्रविधि सेवा र समाधानको बजारका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय बजारका लागि प्रविधि विकास, सेवा तथा दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने मुलुकका रूपमा प्रस्तुत गरिएको छ । नेपाल इन बिजनेस र डीएआई ग्लोबल यूके सहयोगी साझेदार रहेको कार्यक्रममा नेपालका १७ वटा प्रविधि कम्पनी सहभागी भएका थिए ।

कार्यक्रममा आकाश टेक, एआईटीसी इन्टरनेसनल, कोड पिक्सेल्ज मिडिया, कोडिङ माउन्टेन, डट्स एन्ड ड्यासेस टेक्नोलोजी सर्भिसेज, एकबाना सोलुसन्स, एमिनेन्स वेज, फोकस, जेनेस सोलुसन, इन्ग्रेल्स, जेस्पर आईटी, मन्त्र आइडियाज्, प्रोशोर नेपाल, टेकक्राफ्ट, टेकन टेक्नोलिजिज, वेब एक्सपर्ट्स नेपाल र योङ इन्नोभेसन्स सहभागी भएका थिए ।

कार्यक्रम

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्…

वीरगञ्जमा ‘डाइनामिक एआई एन्ड एजुकेसन समिट २०२६’ आयोजना

वीरगञ्ज । वीरगञ्जमा कृत्रिम बुद्धिमत्ता (एआई) र शिक्षाको बदलिँदो सम्बन्धबारे छलफल तथा ज्ञान आदानप्रदान गर्ने उद्दे…

डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आईसीटी फाउन्डेसन नेपालल…

डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै : शासन, डेटा र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’…

वर्डक्याम्प काठमाडौं २०२६ को तयारी अन्तिम चरणमा, देशभरका प्रविधि क्षेत्रका व्यक्तिको सहभागिता हुने

काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको …

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि-अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड&…

पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सांसद गजुरेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्रमा याताय…

महिलाको सम्मानमा इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो व्यावसायिक पहिचानलाई सांस्कृतिक र सामाज…

नेपाली स्टार्टअपको विश्व बजार विस्तारमा अमेरिकी दूतावासको साथ, २० उद्यमी सम्मानित

काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चाल…

नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै, एआईदेखि डिजिटल बैंकिङसम्मका प्रविधि प्रदर्शनीमा

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले ने…

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्य रूपमा सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न आह्वान

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएक…

युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव : काठमाडौं युथ कन्क्लेभ २०२६ शनिबार हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ क…

कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…

‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान

काठमाडौं ।  यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको…