कीवर्डहरू -

कार्यक्रम

केन्यामा डिजिटल लिडरशिप तालिम गर्दै आईडीआई, नेपालबाट पनि सहभागी हुन सकिने

इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) ले केन्यामा डिजिटल लिडरशिप सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । सेप्टेम्बर १ देखि सञ्चालन हुने कार्यक्रम अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता क्रुज (सिलिकन भ्याली एक्सटेन्सन) को सहकार्यमा आयोजना हुने लागेको हो ।

कार्यक्रम सेप्टेम्बर १ देखि भर्चुअल माध्यमबाट सुरु भई सेप्टेम्बर १५ देखि १९ सम्म केन्याको नेरोबी सहरमा प्रत्यक्ष रूपमा सञ्चालन हुनेछ । अफ्रिकाको ‘सिलिकन सवाना’ भनेर चिनिने नेरोबीमा आयोजना हुने यो तालिम डिजिटल परिवर्तन, प्रविधि नेतृत्व, कृत्रिम बौद्धिकता (AI), ब्लकचेन, साइबर सुरक्षा, र नवप्रवर्तन व्यवस्थापन जस्ता विषयमा केन्द्रित रहनेछ । 

सहभागीहरूले नेरोबीस्थित प्रतिष्ठित प्रविधि संस्था जस्तै iHub, Nairobi Garage, Nailab, र सरकारी मन्त्रालयहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन् । साथै, सिलिकन भ्यालीका विज्ञहरूसँग पनि भर्चुअल संवाद हुनेछ ।

तालिम तीन चरणमा विभाजित गरिएको छ । पहिलो चरणमा भर्चुअल ओरिएन्टेसन हुनेछ । दोस्रो चरणमा दुई वटा अनलाइन कार्यशाला हुनेछ भने तेस्रो चरणमा प्रत्यक्ष रुपमा ५ दिने प्रशिक्षण, उद्योग भ्रमण, र परियोजना आधारित कार्यहरू सञ्चालन गरिनेछ । 

सहभागीहरूले डिजिटल रणनीति बनाउने, परिवर्तन व्यवस्थापन गर्ने, र नेतृत्वमा इमोशनल इन्टेलिजेन्स प्रयोग गर्ने सीप हासिल गर्नेछन्। यो कार्यक्रम विशेष गरी डिजिटल रूपान्तरणको जिम्मेवारी सम्हाल्ने वरिष्ठ कार्यकारी, सीटीओ, सीआईओ, परियोजना व्यवस्थापक, नवप्रवर्तन अधिकारी तथा व्यावसायिक सल्लाहकारहरूको लागि लक्षित गरिएको छ । नेपालबाट पनि डिजिटल लिडरसीप कार्यक्रममा सहभागी हुन सकिने छ ।  

कार्यक्रमको शुल्क २५ दय अमेरिकी डलर तोकिएको छ, जसमा आवास, खाजा–खाना, तालिम सामग्री, भ्रमण लगायत समावेश छन् । आवासविना सहभागी हुनेको लागि शुल्क २ हजार अमेरिकी डलर लाग्ने छ ।  

नेपालबाट कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरेर दर्ता गर्न वा आईडीआईको ज्वागल (युएन पार्क) स्थित कार्यालय वा [email protected] मा सम्पर्क गर्न गर्न सक्ने छन् । 

इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट अमेरिकामा बस्ने नेपाली मुलका व्यक्तिहरूले सुरू गरेको संस्था हो । यसको मुख्य कार्यालय अमेरिकामा छ भने नेपाल, नाइजेरिया र केन्यामा पनि कार्यालय रहेको छ ।

कार्यक्रम

रूपन्देहीमा तीनदिने नेटवर्किङ बुटक्याम्प आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था सीएसआईटी एशोशिएसन अफ रूपन्देहीले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासलाई ल…

रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन नेपाली युवा टोली जेनेभा प्रस्थान

नेपालका प्रतिभाशाली युवाहरूको एउटा टोली एआई फर गुड - रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन स्वीट्जरल्यान्…

एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाँडल घटाउने विश्वास

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । 

एनसेल फाउडेसनसँगको सहकार्यमा बागमती प्रदेशमा आइसिटी ज्ञान सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । …

आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? नास आईटीले आईतबार आयोजना गर्दैछ करियर कम्पास

के तपाई आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? यदी त्यसो हो भने तपाईहरूका लागि उपयोगी हुन सक्छ नास आईटीको करियर कम्पास कार्यक्…

‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ सम्पन्न, नेपाली विद्यार्थीहरू जेनेभामा सहभागी हुने

काठमाडौं इन्जिनियरिङ कलेजमा आयोजित ‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । …

बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

जेठ २९ गते काठमाडौंमा ओडू ईआरपीको बिजनेस शो आयोजना गर्ने भएको छ । स्मार्टन टेक्नोलोजीजले बिहीबार काठमाडौंको होटल याक एण्ड यत…

नेत्रहीन संघले मनायो विश्व सहायक प्रविधि दिवस, सहायक प्रविधि सम्बन्धि राष्ट्रिय अभियान सुरू

नेपाल नेत्रहीन संघले विश्व सहायक प्रविधि दिवस मनाएको छ । उक्त अवसरमा संघले दृष्टिविहीनका लागि उपयोगी सहायक प्रविधि प्रर्दशनी र …

स्किल स्पार्क च्याम्पियनशीपमा सहभागी हुन पाउने समय थप, कसरी हुने सहभागी ?

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ मा सहभागी हुन पाउने समय थप गरे…

डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने

मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइ…

वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ हुँदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार…

डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

हुवावेले विश्वव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५…

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बी…

साउनमा काठमाडौंमा युबुकन एसिया २०२५ हुँदै, कसरी हुने सहभागी ?

आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भ…

स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ आयोजना गर्ने भएको छ । 

…