कीवर्डहरू -

कार्यक्रम

शुक्रबार एनवाईईएफ स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले

शुक्रबार नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले आयोजना हुने भएको छ । 

नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा पुस २७ गते शुक्रबार द सोल्टी काठमाडौंमा हुने तेस्रो संस्करणको स्टार्टअप अवार्ड्सको फाइनल हुने भएको हो । ग्राण्ड फिनालेमा प्राप्त आवेदनमध्येबाट उत्कृष्टलाई स्टार्टअप अवार्डसँगै सोसियल इन्टरप्राइज अवार्ड र अडियन्स पिक अवार्ड प्रदान गरिने छ । 

यस वर्षको स्टार्टअप अवार्ड्समा देशभरबाट १५० आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदन मध्येबाट उत्कृष्ट २० हुँदै उत्कृष्ट ७ स्टार्टअपसम्म छनौट भइसकेका छन् । उत्कृष्ट ७ स्टार्टअपलाई पिचिङ र जुरीको निर्णयको आधारमा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट ७ स्टार्टअपले शुक्रबार नै आफ्नो आईडिया पिचिङ गर्नेछन् । 

स्थानीय स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउन विगत २ वर्षदेखि एनवाईईएफ स्टार्टअप अवार्ड्स आयोजना गर्दै आएको  एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले जानकारी दिइन । 

उत्कृष्ट ७ स्टार्टअपमा गल्ली म्याप्स, पेट मामा, ब्ल्यांकसर, बीबाबो, दूरशिक्षा, क्विकफक्स कन्सल्टिङ र भूमिथान रहेका छन् ।  यसअघि स्टार्टअप अवार्ड्सले उत्कृष्ट २० स्टार्टअपलाई ६ वटा एक्सपर्ट सेसन सञ्चालन गरेको थियो । त्यसपछि उत्कृष्ट २० स्टार्टअपले गरेको पिचिङका आधारमा उत्कृष्ट ७ स्टार्टअप छनौट भएका थिए । 

उत्कृष्ट ७ स्टार्टअपलाई एक-एक जना मेन्टर असाइन गरिएको थियो । मेन्टरहरूले स्टार्टअपलाई मार्गनिर्देशन गरेका थिए । मार्गनिर्देशनको आधारमा समेत शुक्रबार डेमो डेमा उत्कृष्ट ७ स्टार्टअपले पिच गर्दै छन् । सो पिचङका आधारमा ३ स्टार्टअपलाई अवार्ड्स प्रदान गरिने एनवाईईएफले जनाएको छ । विजेताहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

फिनालेमा नेपालका लगानीकर्ता समेत सहभागी हुनेछन् । उनीहरूले आफुलाई मन परेको स्टार्टअपमा ठाउँको ठाउँ लगानी समेत गर्न सक्ने छन् । विगत २ वर्षदेखि एनवाईईएफ काठमाडौंले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्समा यस वर्षदेखि एनवाईईएफका सबै च्याप्टर तथा गभर्निङ काउन्सिलको समेत सहकार्य रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा हुन लागेको सलिकोको प्रस्तुती एनवाईईएफ स्टार्टअप अवार्ड्समा एनएमबी बैंक, नेपाल प्राइभेट इक्विटी एशोशिएसन, एपेक्स कलेज, अन्तरप्रेरणा, एडेक्स, आईडिया स्टुडियो र न्यास आईटी लगायतका विभिन्न संघसंस्थाको सहयोग तथा सहकार्य रहेको छ । 


 
 


 

कार्यक्रम

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…

क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान

क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशि…

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३


भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंम…

नेप्सेले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आय…

अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ अध्ययन स्कुलले प्राप्त गरेको छ । 
शुक्रबार द सोल्टी काठमाडौंमा आ…

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ ।…

पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान

पायोनियर आइसिटी अवार्ड २०२३ बाट बालकृष्ण जोशीले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२…

इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अप…

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २…

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…