कार्यक्रम
बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनवाईईएफले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा ‘नेशनल बिजनेस आईडिया कम्पिटिसन’ आयोजना गर्ने लागेको हो ।
उद्यमी बन्न चाहनेहरूले व्यक्तिगत वा सामुहिक रूपमा आफ्नो बिजनेस आईडिया प्रतियोगिताको लागि दर्ता गर्न सक्ने छन् । एउटा आईडियालाई बिजनेसको रूपमा अगाडि बढाउन र प्लेटफर्म प्रदान गर्न आईडिया प्रतियोगिता गर्न लागेको एनवाईईएफले जनाएको छ ।
यदी तपाईसँग पनि कुनै बिजनेस आईडिया छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ । आवेदन दिने समय फेब्रुअरी ५ सम्म मात्रै रहेको छ ।
बिजनेस प्रतियोगिता आईडियामा सहभागी भएर ५० हजारसम्मको सीड फन्डिङ समेत पाउने सकिने अवसर समेत रहेको छ । यस बाहेक मेन्टरशीप, नेटवर्क र लगानीको अवसर पनि पाइने बताइएको छ ।
प्रतियोगिताका लागि आफ्नो आईडिया पठाइसकेपछि सुरूमा विज्ञहरूले रचनात्मकता, सम्भाव्यता र प्रभावको आधारमा आईडिया शर्टलिष्ट गरिने छ । शर्टलिष्ट भएका आईडियाहरूको सम्बन्धित उद्योगको विज्ञबाट मेन्टरशिप र प्रतिक्रिया पाउने छन् । त्यसपछि शर्टलिष्ट आईडियाहरूको अन्तिम प्रस्तुती हुनेछ ।
फेब्रुअरी १४ मा हुने अन्तिम प्रस्तुतीलाई निर्णायहरूले मूल्यांकन गर्नेछन्, जसका आधारमा विजेता घोषणा गरिने छ । यस कार्यक्रममा सहभागीले प्रमाणपत्र समेत पाउने छन् । बिजनेस आईडिया प्रतियोगिता पश्चात पनि एनवाईईएफ र अन्तर्राष्ट्रिय श्रम संगठनबाट सहभागीहरूलाई आफ्नो उद्यमशीलको यात्रा अगाडि बढाउन सहयोग प्राप्त हुनेछ ।
कार्यक्रम
शुक्रबार एनवाईईएफ स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले
शुक्रबार नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले आयोजना हुने भए…
पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण
आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिट…
सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्यो प्यानल छलफल
हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।
१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै
वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३ (पुस २७ र २८ गते) मा पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुन…
वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३
हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…
यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान
इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…
क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान
क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशि…
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…
भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३
भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंम…
नेप्सेले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आय…
अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३
डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ अध्ययन स्कुलले प्राप्त गरेको छ ।
शुक्रबार द सोल्टी काठमाडौंमा आ…
सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित
सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ ।…
पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान
पायोनियर आइसिटी अवार्ड २०२३ बाट बालकृष्ण जोशीले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२…