कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभको तेसो संस्करण जेष्ठ २५ गते आयोजना हुने

डिजिटल नेपाल कन्क्लेभको तेसो संस्करण जेष्ठ २५ गते आयोजना हुने

जेष्ठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । 

काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रममा केही अन्तराष्ट्रिय विज्ञहरुसहित ५० बढी व्यक्ति विभिन्न सेसनहरुमा वक्ताको रुपमा सहभागी हुनेछन । कन्क्लेभमा ७ थिममा १० बढी सेसनहरु सञ्चालन हुनेछन । केही अन्तराष्ट्रिय विज्ञहरुको किनोट प्रस्तुतीसँगै मन्त्रीस्तरिय संवाद सेसनहरु पनि सञ्चालन हुनेछन । 

डिजिटल नेपालको लागि नविनतम् प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर दिइनेछ । कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरुसहित ६०० बढीको सहभागिता रहने अपेक्षा छ । 

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपूर्ण र प्रभावकारी बनाइने लम्सालको भनाइ छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइटमार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।