कीवर्डहरू -

दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न

दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न

दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न भएको छ । अप्रिल २१ तारिखका दिन काठमाडौँ मैतीदेवीस्थित सनवे कलेजमा दोस्रो एडब्लुएस कम्युनिटी डे आयोजना गरिएको थियो । 

एडब्लुएस युजर ग्रुप नेपाल आयोजक तथा जेनेस सलुशन एवं सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रममा  क्लाउडको बारेमा जान्न चाहने युवा तथा सूचना प्रविधि क्षेत्रका अगुवाहरुको उत्साहजनक सहभागिता थियो । 

उक्त कार्यक्रमले नेपाल तथा विदेशबाट आएका सहभागीहरुलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिंग सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल गर्न एक प्लेटफर्म प्रदान गरेको थियो । 

‘एडब्लुएस कम्युनिटी डे’ समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हो, जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले प्राविधिक जानकारी दिन्छन् ।

यसमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि  गर्न तथा नवपरिवर्तन एवं  व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरु, कार्यशाला गोष्ठी तथा नेटवर्किंग अवसरहरु उपलब्ध गराइएको थियो । 

कार्यक्रममा सहभागी वक्ताहरूले आ-आफ्ना अनुभव तथा ज्ञान आदान प्रदान गरेका थिए ।