कीवर्डहरू -

नेपालकै ठुलाे हाेली विशेष इभेन्ट दरबारमार्गमा हुँदै

नेपालकै ठुलाे हाेली विशेष इभेन्ट दरबारमार्गमा हुँदै

काठ्माण्डाैंकाे दरबार मार्गमा फागुन ११ गते आर्बिटरी इभेन्टकाे आयाेजनामा नेपालकै पहिलाे र भब्य हाेली पून्ही फेस्टिभल हुने भएकाे छ । यूनेस्काे तथा दरबारमार्ग विकास बाेर्डकाे इनिसिएसनमा हुन गइरहेकाे यस इभेन्टलाई देशकै पहिलाे इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले प्रायाेजन गरेकाे छ ।

हाेलीकाे सन्दर्भ पारेर नेपालमा यति ठुलाे इभेन्ट पहिलाे पटक हुँदैछ । खानाकाे अनेकाैं स्वाद, रंग र संगीतकाे सुर तथा तालमा सजिने यस इभेन्टमा एबेस थापा, डिजे बिपिएम, डिजे डिएएन, भीइके लगाएत कलाकारहरूले सांगीतिक प्रस्तुति दिदै छन् । इडिएम संगीतका साथ रेइन डान्सकाे राैनकले दरबारमार्ग छाउने छ ।

हाेलीकाे सांस्कृतिक पक्षकाे महत्व उजागर तथा सदभाव एकआपसमा फैलाउने र विदेशी पर्यटकलाई रंगहरूकाे पर्व हाेलीसँग परिचित गराउँदै मनाेरन्जन दिने उदेश्यले सम्पन्न हुन गइ रहेकाे यस इभेन्टमा दर्शकलाई नि:शुल्क प्रवेशकाे व्यवस्था गरिएकाे छ ।

बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुने यस इभेन्टमा १ लाख भन्दा बढि दर्शककाे उपस्थित हुने आयाेजककाे अनुमान छ । दर्शककाे सुरक्षा तथा इभेन्टकाे सफल व्यवस्थापनका लागि स्वयंसेवककाे चुस्त व्यवस्था समेत गरिएकाे छ ।