कीवर्डहरू -

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको हो ।

डब्लूआइआइटीले आगामी वैशाख १३ गते विभिन्न ठाउँमा प्रभातफेरि अर्थात वाकाथन गर्नेछ । यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन हुुनेछ । विहान ६ः५० देखि सुुरु हुने वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु हुनेछ । अप्रिल २६ अर्थात वैशाख १४ मा डब्लूआइआइटीले एजुकेट हर शी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गर्ने भएको छ ।

बिहान ११ बजे देखि सुरु हुने कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन हुनेछ । यस कन्फेरेन्समा प्रमुख अतिथिको रुपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगबती चौधरी रहेकी छिन् ।

यसैगरी अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनेछन् । कन्फेरेन्समा प्रस्तुती पनि रहेका छन् । प्राविधिक नेतृत्वको यात्रा विषयमा एनसेलकी सीटीओ लेना केशरी कंसारले प्रस्तुती दिने छिन् भने आइसिटीमा महिलाको चुनौती र अवसरहरूः नयाँ पुस्ताको यात्रा विषयमा सिएसआईटी एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष रोजिना डाँगीले प्रस्तुती दिने छिन् । 

यसैगरी यूएस एड इक्वीटी एण्ड इन्क्लुजन इन एजुकेशन, प्लान इन्टरनेशनलकी पार्टी प्रमुख, सजना अमात्य कार्यक्रममा वक्ताको रुपमा रहेकी छिन् ।