कीवर्डहरू -

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सम्पन्न भएको छ । क्यानेडियन स्टडी सेन्टरद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालय हल्ट प्राइज प्रतियोगिता धुलिखेलमा सम्पन्न भएको हो । 

सेमिफाइनलबाट फाइलनमा पुगेका ५ टिम मध्ये डा. फिस काठमाडौं विश्वविद्यालय हल्ट प्राइज २०२४ को विजेता भएको छ ।  

कार्यक्रमको प्रि-इभेन्टको रूपमा जानकारीमुलक कार्यक्रम, फण्डरेजर, स्टार्टअप मिट आयोजना गर्दै नेटवर्किङ, ज्ञान आदान प्रदान र उत्प्रेरणामा काम गरेको थियो ।

प्रि-इभेन्टहरू बाहेक काठमाडौं विश्वविद्यालय हल्ट प्राइजले सहभागीहरूका लागि सीप र ज्ञानलाई थप वृद्धि गर्न दुई महिनाको अवधि भित्र छवटा भर्चुअल प्रशिक्षण समेत सञ्चालन गरेको थियो ।