कीवर्डहरू -

पोखरामा बृहत वर्डप्रेस सेमिनार हुँदै

पोखरामा बृहत वर्डप्रेस सेमिनार हुँदै

पोखरामा यहि मार्च २० तारिख अर्थात चैत ६ गते मंगलबारका दिन बृहत वर्डप्रेस सेमिनार हुने भएको छ। उक्त बृहत सेमिनार नेपाल पर्यटन बोर्ड , ड्यामसाइडको सभाहलमा हुने जनाइएको छ । उक्त कार्यक्रममा वर्डप्रेस , सर्च इन्जिन अप्टीमाइजेसन(एसइओ) , वेब सेक्युरिटी जस्ता बिषयहरुमा छलफल हुनेछ ।

उक्त इभेन्टमा बिज्ञहरु इमानुएल ब्लागोनिक,साकिन श्रेष्ठ,चेत राज भण्डारी,सुभास खड्का र महादेव सुबेदी आफ्नो प्रस्तुति दिनेछन भने प्यानल डिस्कसन समेत हुने जनाइएको छ। सिमित सिटका कारण सहभागीताको लागी पहिले नै रजिष्ट्रेसन गर्नुपर्ने आयोजकले जनाएको छ।

जसको लागी इच्छुक व्यक्तिहरुले https://goo.gl/mJSd2J लिंकमा गएर फर्म भर्न सक्ने छन् । उक्त सेमिनारमा सहभागिताको लागि रजिष्ट्रेसन नि:शुल्क रहेको र सहभागीले अनिवार्य रुपमा आफ्नो ल्यापटप ल्याउनुपर्ने आयोजक मध्येका अनिश उप्रेतीले जानकारी दिए।