कीवर्डहरू -

स्टार्टअप

पुरानो लालपुर्जा विस्थापित गरि \'स्मार्ट लालपुर्जा\' वितरण गर्ने सरकारको तयारी

नेपाल सरकारले जग्गा तथा जग्गाधनिको विवरण राखिएको पुरानो लालपुर्जालाई हटाएर नयाँ 'स्मार्ट लापुर्जा' कार्ड वितरणका लागि कार्य अघि बढाएको छ । पहिलेको लालपुर्जाको कागज गुणस्तरीय नभएको कारणले मसि खुइलिने,तस्बिर प्रस्ट नहुने जस्ता समस्याहरुको समाधान उक्त स्मार्ट लालपुर्जाले गर्ने  मन्त्रालयले बताएको छ ।

यसका लागि भुमिसुधार मन्त्रालयले प्रारम्भिक अध्ययन गरिसकेको बताएको छ । यसरि प्रशासनिक कामलाई डिजीटलाईज्ड गरिएमा सम्पूर्ण कामहरु छरितो हुने साथै स्मार्ट लालपुर्जाले पनि जग्गा सम्बधि कारोबारमा पारदर्शिता ल्याउने भुमि सुधार सचिव शम्भु कोइरालाले बताएका छन् ।

सहज तथा पारदर्शी ढंगले जग्गा सम्बधि सेवा प्रदान गर्नका लागि उक्त अवधारणा अघि सारिएको तथा त्यसका लागि आवश्यक प्रारम्भिक कार्यहरु सुरू भइसकेको समेत सचिव कोइरालाले जानकारी दिए ।

हाल देशभरका २० वटा मालपोत कार्यलयले अनलाइन आधारित सेवा दिँदै आएका छन् । स्मार्ट लालपुर्जा मेसिन रिडेबल पासपोर्टकै ढाँचामा तयार हुनेछ । साथै मसि तथा कागजको गुणस्तरका कारण टिकाउ हुनेछ ।

साथमा स्मार्ट लाइसेन्सको जस्तै 'चिप्स' पनि हुन्छ र त्यसमा जग्गा र जग्गाधनि सम्बन्धि सम्पूर्ण विवरण रहनेछन् ।

यसमा पुरानो लालपुर्जा जस्तो च्यातिने,आगलागी हुने तथा घामपानीले बिग्रने जोखिम हुँदैन । हराएमा वा कारणबश प्रयोग गर्न नमिल्ने गरि बिग्रिएमा पनि उक्त लालपुर्जामा भएका विवरण कार्यालयको सर्भरमा सुरक्षित हुनेछन् ।

स्मार्ट लालपुर्जामा भएको चिप्स र् त्यसमा भएको विवरणका कारण जग्गा सम्बधि जालसाझी हुने तथा ठगि हुने जस्ता जोखिमहरु न्यून रहनेछ । स्मार्ट लालपुर्जाबाट मेसिन रिडेवल भएको ठाउँमा जग्गा तथा जग्गा सम्बन्धि सम्पूर्ण विवरण तत्काल थाह हुनेछ ।

यसको बिस्तृत अध्ययनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति समेत निर्माण गरिएको भुमि सुधार बिभागका सूचना तथा प्रबिधि निर्देशक रामदत्त भट्टले बताएका छन् । ' जग्गा प्रशासनका कार्यहरु प्रबिधि मैत्री र सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा सहज तथा छरितो बनाउन स्मार्ट लालपुर्जाका लागि पहल गरिएको हो' भट्टले भने ।

श्रोत : कान्तिपुर दैनिक

स्टार्टअप

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

बजारमा हाइटेक कार

कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्वःचालित कारको रुप…

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षताम…

फुर्सदमा खेल्ने १० मोबाइल गेम

तीन पत्ती गोल्ड
प्ले स्टोरमा ४.६ रेटिंग भएको तीन पत्ती गोल्ड तासको उत्तम आनुभव दिने एन्ड्रोइड गेम हो…

बैंकिङ कारोवारको जोखिम र सुरक्षा


समन्त आचार्य


सन् २०१६ फेव्रुवरिमा हाम्रो छिमेकि मुलुक वङ्गलादेशको सेन्ट्रल वैकवाट ९५१ मिलियन डलर (करीव ९७ …

एनसिआइटीमा ४ वर्षे अपडेटेड ‘बिसिए’ प्रोग्राममा भर्ना सुरु

नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिइरहेको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले हालै ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चाल…

‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !

इसानी टेक्नोलोजीले टाइगर ट्राप (Tiger Trap)

एसइई परीक्षापछि व्यवसायिक कम्प्युटर तालिम

विकास भुर्तेल
प्रबन्ध निर्देशक,  सेगा कम्प्युटर लिङ्क, पाेखरा

एसइईको परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीहरु आफ्नो भविष्यका योजना पनि बन…

हवाट्स एपका रोचक तथ्यहरु

१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन ।
२. ह्वाट्स एपका स…

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्…

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ ।

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…