कीवर्डहरू -

स्टार्टअप

सामसुङको जे सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन जे २ फोरजी एडिसन सार्वजनिक

सामसुङ नेपालले नेपाली बजारमा जे सिरिजको नयाँ स्मार्टफोन समसुङ ग्यालेक्सी जे २ फोरजी इडीसन सार्बजनिक गरेको छ । जे सिरिज फेमिलिमा भर्खरै प्रवेश गरेको यो नयाँ स्मार्टफोनले कस्टमरलाई सुपर फास्ट इन्टरनेट कनेक्टीभिटी तथा फास्ट डाउनलोड सुविधा प्रदान गर्ने कम्पनिले जनाएको छ । त्यसकारण समसुङले ग्यालेक्सी जे २ मा फोरजी एडीसन् सार्वजनिक गरेको हो ।

सामसुङ ग्यालेक्सी जे २ मा ४.७ इन्च क्युएचडी सुपर एमोलेड स्क्रिन रहेको छ । यसबाट फोटो तथा भिडीयोहरु हेर्न तथा ४ जी बाट इन्टरनेट चलाउँदा भाइब्रेन्ट कलर सहित आनन्दको अनुभव प्राप्त गर्न सकिन्छ । यसका साथै यसमा पावरफुल १.३ जीएचजेड क्वाडकोर प्रोसेसर तथा १ जीबी र्याम रहेको छ ।

जे सिरिजको यो नयाँ ४ जी एडीसनमा एफ/२.२ एपर्चर तथा एलईडी फ्ल्यास लाइट सहितको ५ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसबाट लो लाइटमा पनि भिडियो कलिङ तथा सेल्फीको राम्रो एक्सपेरियन्स लिन सकिन्छ । यसमा पाम सेल्फी मुड समेत रहेको छ ।

८.४ एमएमको सामसुङ ग्यालेक्सी  जे २ फोरजी एडीसन पातलो नरम तथा गोलाकार किनाराको कारण सहजै हातमा लिन सकिन्छ । नेपाली बजारमा गोल्ड तथा ब्ल्याक कलरमा उपलब्ध यो स्मार्टफोनको नेपाली मूल्य रु ११ हजार २ सय ९० तोकिएको छ ।

स्टार्टअप

एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग

एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबा…

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…