कीवर्डहरू -

इन्स्टाग्रामको नयाँ फिचर \'अडीयो र भिडियो कल\'

इन्स्टाग्रामको नयाँ फिचर \'अडीयो र भिडियो कल\'

एन्ड्रोइड एप्लिकेसन प्याकेज (एपीके) मालिक भएको कोडमा इन्स्टाग्रामको  भिडियो कलिङ र अडीयो कलिङ फिचरको आइकन भेटिएसँगै फोटो तथा भिडियो सेयरिङ एप इन्स्टाग्रामले चाँडैनै भिडियो कलिङ र अडीयो कलिङ फिचरहरु भित्र्याउने संकेत प्राप्त भएको छ । एपीके फाइलमा एपले सार्वजनिक गर्न बाँकी रहेका फिचरहरु भेटिने गर्छ ।

युवा पुस्ता माझ निकै नै लोक प्रिय एप इन्स्टाग्रामले समय समयमा आफ्ना प्रयोगकर्ताहरुलाई एपमा बिभिन्न खाले सुबिधा प्रदान गर्दै आइरहेको छ । इन्स्टामा अहिले म्यासेजको सुबिधा उपलब्ध छ । भिडियो र अडीयो कल फिचर थपेपछि इन्स्टाग्रामले अहिले चल्तीमा  रहेका अधिकांश म्यसेजीङ एपको फिचर समेट्ने छ ।

स्न्यापच्याटमा जस्तै फोटो फिल्टर गर्ने फिचर समेत इन्स्टाग्राममा उपलब्ध छ यसकारण भिडियो र अडीयो कल फिचरको सुरुवात पछि इन्स्टाग्राम स्न्यापच्याटको भर्पर्दो विकल्प बन्नेछ । स्न्यापच्याटले सन् २०१४ मा नै भिडियो कलिङ फिचर सुरु गरेको थियो । गुगल प्ले स्टोर बाट इन्स्टाग्राम डाउनलोड गर्नेको संख्या एक बिलियन रहेको छ भने यसले रेटीङ  ४.५ प्राप्त गरेको छ ।

(कान्तिपुर दैनिक)