कीवर्डहरू -

स्मार्ट ऐना,जसले मुटुको धड्कन नाप्न सक्छ

स्मार्ट ऐना,जसले मुटुको धड्कन नाप्न सक्छ

प्रबिधिको विकास सँग सँगै संसारमा धेरै बिचित्रका उपकरणहरुको निर्माण भएको देख्न् र सुन्न पाइन्छ । यहि  मध्येमा स्मार्ट ऐना पनि एक हो । उक्त स्मार्ट ऐनाले मेक अप गर्न सहयोग गर्नुका साथै अनुहारको अवस्थाको बारेमा समेत जानकारी दिन्छ ।

अमेरिकाको लस एन्जलसमा रहेको मरर नामक कम्पनीले एउटा स्मार्ट ऐन बनाएको छ । जो ऐना मात्रै नभएर  मेक अप सहयोगी पनि हो र यसको मूल्य ९९ डलर वा ७१ युरो तोकिएको छ । यो ऐनाले तपाईले कुनै गह्रौ बस्तु उठाएको अवस्थामा तथा तपाइँले धेरै वटा कपडा लगाएको अवस्थामा पनि तपाइको मुटुको धडकन तथा चाललाई ट्रयाक गर्दछ।

यस ऐनामा जर्मनीको इन्फेनियन टेक्नोलोजीज एजी थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । यसले तपाइलाई सहि तरिकाले चल्नका सिकाउँछ। साथै यदि मुटुको धड्कन तेज भएमा पनि जानकारी प्रदान गर्दछ । साथमा यसमा भएको राडारले मानिस कोठामा भए नभएको पत्ता लगाई माइक्रोफोन अन तथा अफ समेत गर्दछ ।

प्रयोगकर्ताहरुले उक्त ऐनालाई सजिलैसँग आफ्नो अपार्टमेन्टमा स्थानान्तरण गर्न सक्छन् । राडार सहित माइक्रोफोनलाई पनि आफुले चाहेको स्थानमा राख्न सक्छन र बिना कुनै अवरोध बार्तालाप समेत गर्न सक्छन ।

उत्पादकले स्‍मार्ट ऐना बिक्रीको सबैभन्दा ठूलो आधार तस्वीर खिचेर मानिसको अनुहारको छालाको विश्लेषण गर्ने विशेषतालाई लिएको छ ।

यस ऐनाको माथिल्लो भागमा रहेको क्यामेराले एउटा सेल्फी खिच्नेछ र ती विवरणहरुको आधारमा विश्लेषण गर्न थाल्छ । यसले तपाईको अनुहारको छाला कालो , चाउरी परेको , आदि के कस्तो विशेषता छ,त्यो सबै बताइदिनेछ ।