काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारीस्वरूप विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयले स्थापना तथा सञ्चालन गर्न लागेका अनुसन्धान केन्द्रका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग ठोस र व्यावहारिक सुझाव मागेका हुन् ।
उनका अनुसार औद्योगिक तथा कृषि, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थकर खाद्य पदार्थ तथा पेय पदार्थ, ड्रोन तथा एरोनोटिकल, आयुर्वेदिक, जडीबुटी तथा वनजन्य उत्पादन र बायोमेडिकल इन्जिनियरिङलगायतका क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना छ ।
यी क्षेत्रसँग सम्बन्धित विज्ञका रूपमा सुझाव दिन इच्छुक नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्तालाई मन्त्री पुनले आफूसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका छन् । इच्छुकले आजैदेखि जुनसुकै समयमा फोन वा ह्वाट्सएपमार्फत सुझाव दिन सक्ने उनले बताएका छन् । सुझाव तथा परामर्शका लागि मन्त्री पुनले ९८४१५९२३६१ नम्बर सार्वजनिक गरेका छन् ।
आईसीटी समाचार