कीवर्डहरू -

शावमी मी मिक्स २ एसको स्पेसिफिकेशन लिक,६.०१ इन्चको डिस्प्ले हुन सक्ने

शावमी मी मिक्स २ एसको स्पेसिफिकेशन लिक,६.०१ इन्चको डिस्प्ले हुन सक्ने

धेरै समय देखि चर्चामा रहेको बिश्व प्रसिद्ध स्मार्टफोन कम्पनि शावमीको मी मिक्स २ एस स्मार्टफोन मार्चको २७ मा सार्वजनिक गरिने कम्पनिले जनाएको छ । यसमा स्न्याप ड्रागन ८४५ प्रोसेसरको प्रयोग भएको छ । यो ह्यान्डसेटको एउटा स्क्रिनसट लिक भएको छ । लिक भएको स्क्रिनसटमा फोनको बेजेललेस डिजाइन देखिएको छ ।

यसका साथै यसमा नच देखिएको छैन् साथै फ्रन्ट क्यामेरा स्थान पनि देखिएको छैन् । उक्त तस्बिरमा देखिएको स्पेसिफिकेशनमा , पछिल्लो पटक लिक भएको जानकारी सँग धेरै जसो मेल खाएको छ ।

चाइनिज सोशल मिडिया साइटमा लिक भएको स्क्रीनशटलाई देख्दा लाग्छ,यो ह्यान्डसेटमा स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग भएको छ । ब्याट्री ४४०० एमएएच को र प्राइमरि क्यामेरा १६ मेगापिक्सेलको हुनसक्ने अनुमान गरिएको छ । तस्बिरमा  ६.०१ इन्चकको फुलएचडी डिस्प्ले देखिएको छ । शावमी मी मिक्स २ एसमा ८ जीबी र्याम ररहेको छ र स्क्रीनशटका अनुसार फोनमा २५६ जीबीको इन्टरनल स्टोरेज हुन सक्ने अनुमान गरिएको छ । तर यी जानकारीहरु केहि समय अघि नै लिक भएको थियो ।

फोटोमा देखिए अनुसार फोनको किनारा गोलाकार देखिएको छ । ह्यान्डसेटमा फ्रन्ट क्यामेरा तल हुने र ल्यान्डस्केप मोडमा सेल्फी लिनु पर्ने कम्पनिले सुझाव दिनसक्ने अनुमान गरिएको छ । शाओमी मी मिक्स 2 एसमा डुअल रियर क्यामेरा रहेको देखिएको छ र यसमा  फ्रंट क्यामेरा कता हुने छ,त्यो भने फोन लन्च भैसकेपछि मात्रै थाह हुनेछ । यो ह्यान्डसेटको जानकारीहरु सबै अनुमानका आधारमा प्राप्त भएको हो ।