स्टार्टअप
सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि भिरिञ्ची कलेजको बीआईसिटी कोर्ष, कति छ शुल्क ?
एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक संस्था समेत कमै थिए । नेपालमा सीपमुलक आईटी शिक्षाको अभाव भएको काठमाडौंका आकाश सिम्खडाले महुशुस गरे ।
त्यसपछि सन् २०१३ मा गुणस्तरीय र सीपमुलक आईटी शिक्षा दिने उद्देश्यले सुरू भयो, ललितपुरको पाटनस्थित भिरिञ्ची कलेज । विद्यार्थीको सीप विकासमा जोड दिने उद्देश्यले कलेज स्थापना गरेको भिरिञ्ची कलेजका संस्थापक तथा अध्यक्ष आकाश सिम्खडाले बताए ।
‘भिरिञ्ची कलेज सन् २०१३ मा स्थापना भएको हो । त्यो बेला नेपालमा डिग्रीको हिसाबले मात्र पढाइ गर्ने परिपाटी थियो,’ उनले आइसिटी समाचारसँग भने, ‘अब डिग्रीलाई होइन सीपलाई महत्त्व दिनुपर्छ । विद्यार्थीको सीप विकासमा काम गर्नुपर्छ भनेर कलेज सुरू गरेका हौं ।’
सन् २०१३ मा कलेज स्थापना भएपनि आधिकारिक रूपमा पढाउन सुरू भने सन् २०१५ बाट मात्रै गरेको थियो । २ वर्षको दौरान सम्बन्धनको विषयलाई लिएर अनेका बाधा खेप्नुपर्यो । सो अवधिमा सम्बन्धनका लागि नेपालसँगै विदेशका विश्वविद्यलयसँग समेत कुरा भयो । अन्त्यमा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गर्यो र सन् २०१५ मा पढाइ सुरू भयो ।
सन् २०१५ मा एशिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन सुरू गरेको उनले बताए । उनले अगाडि भने, ‘विश्वविद्यालयको सम्बन्धन लिन २ वर्ष लाग्यो । त्यो अवधिमा स्वदेश तथा विदेशका विश्वविद्यालयसँग कुरा गर्यौं र एशिया ई विश्वविद्यालयबाट सम्बन्धन पाएका थियौ ।’
मलेसियामा अवस्थिति एशिया ई विश्वविद्यालय एशियाली ३५ देशको साझा विश्वविद्यालय हो । एशिया को-अपररेसन डाइलगले एशियाको शिक्षा पद्द्ति विकास गर्ने योजनासहित एशिया ई विश्वविद्यालयको स्थापना गरेको थियो । यो कुनै देशको वा निजी विश्वविद्यालय होइन । एशिया को-अपररेसन डाइलगले स्थापना गरेको साझा विश्वविद्यालयल हो, जुन डाइलगमा ३५ देश आवद्ध छन् । नेपालको पनि एशिया को-अपररेसन डाइलगको सदस्य हो ।
भिरिञ्ची कलेजमा ब्याचलर्स अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी ( बीआईसीटी ) र मास्टर्स इन बिजनेस एडमिनिष्ट्रेसन पढाइ हुने गरेको अध्यक्ष सिम्खडाले जानकारी दिए ।

अध्यक्ष, आकाश सिम्खडा
बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा केन्द्रित छ । यो ४ वर्षे कार्यक्रम हो । यसमा १० वटा विषयहरू सफ्टवेयर इन्जिनियरिङसँग सम्बन्धित छन् । त्यसबाहेक अन्य इलेक्टिभ र कोर विषय छन् । यो कोर्ष पढेर विद्यार्थीहरू सफ्टवेयर डेभलपर र सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्न सक्छन ।
१२३ क्रेडिट आवर भएको बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा सीप विकासलाई विशेष प्राथमिकता दिएको छ । बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा पहिलो सेमेस्टरदेखि नै बजारको आवश्यकता अनुसार सीप विकास गर्ने तालिम सञ्चालन हुने उनी बताउँछन् । ‘विद्यार्थीको सीपलाई निखार्दै उनीहरूलाई बजारका लागि योग्य बनाउनु कलेजको एक मात्र उद्देश्य हो,’ सिम्खडा भन्छन् ।
तालिमहरू सबै प्रोजेक्टमा आधारित हुन्छन् । यस बाहेक कलेजले रोबोटिक्स एशोशिएसन अफ नेपालको सहकार्यमा आईओटी सम्बन्धि तालिम पनि दिदै आएको छ । कलेजले हरेक वर्ष आइसिटी मेला आयोजना गर्दै आएको छ । उक्त मेला विद्यार्थीले तयार पारेका प्रोजेक्ट प्रदर्शनीमा राखिन्छ ।
यस वर्ष पनि बीआईसीटीईमा नयाँ भर्ना खुलिसकेको छ । अक्टोबरको अन्त्यसम्म भर्ना गर्ने समय तोकिएको छ । कलेजले यसमा २ देखि ३ वटा सेक्सनसम्म विद्यार्थी लिने गरेको छ । एउटा सेक्सनमा ३०-३५ जना विद्यार्थीहरू हुन्छन् ।
बीआईसीटी जुनकुनै फ्याक्लटीबाट आएर पढ्न मिल्छ । कक्षा १२ मा जीपीए डी प्लस भए हुन्छ तर गणितमा सी प्लस हुनु पर्छ । वा कक्षा १० मा गणितमा सी प्लस आए पनि हुन्छ ।
विद्यार्थीको एबिलिटी टेस्ट र अन्तर्वाताका आधारमा भर्ना लिइने उनको भनाइ छ । ‘सुरूमा विद्यार्थीको एबिलिटी टेस्ट लिइन्छ, त्यसका आधारमा विद्यार्थीको कमजोरी कहाँ छ, कहाँ हामीले जोड दिनुपर्छ भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि अन्तर्वाता हुन्छ र भर्नाको प्रक्रिया सुरू हुन्छ ।’

पछिल्लो समय कक्षा १२ पास गरेपछि विदेश पढ्न जानेको संख्या बढेको छ । यसबाट नेपाली शैक्षिक संस्थाहरू समेत प्रभावित भएका छन् । भिरिञ्ची कलेज पनि यसबाट अछुतो नरहेको अध्यक्ष सिम्खडा बताउँछन् ।
भिरिञ्ची कलेजमा बीआईसीटीको शुल्क ९ लाख २५ हजार रूपैयाँ छ । यसमै परीक्षा शुल्क, सेमेस्टर शुल्क, विश्वविद्यालय शुल्क, भर्ना शुल्क सबै समावेश छ । ३-४ वर्षको साइकलमा मात्रै कलेजले शुल्क बढाउने गरेको छ ।
बीआईसीटीको पाठ्यक्रम विश्वविद्यालयले आवश्यकता अनुसार परिमार्जन गर्दै आएको छ । हालसम्म भिरिञ्ची कलेजबाट बीआईसीटी र एमबीए गरी करिब २५० विद्यार्थी पासआउट भइसकेको उनले बताए ।
पास आउट भएका विद्यार्थीहरू देश तथा विदेशका विभिन्न संघ संस्थामा काम गरिरहेका छन् । बीआईसिटी पढ्ने विद्यार्थीले अनिवार्य रूपमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीहरू ३ वर्षपछि काम गर्न थालिसकेका हुन्छन् ।
कलेजले इन्टर्नसीपका लागि एफवान सफ्ट, इन्फो डेभलपर्स, इसेवा, खल्ती, कोटिभिटी, ईबी पर्लस, एचएलई नेपाल, लुनिभा टेक, डियरवाक, नेप्स, वर्ल्डलिंक, म्यांगो सफ्ट, क्लाउड फ्याक्ट्री, जापानको फोर्थ भ्याली र फिनल्याण्डको युनिकीसँग साझेदारी गरेको छ ।
यस वर्षदेखि कलेजले ट्रेनिसीप कार्यक्रम समेत सुरू गरेको छ । ट्रेनिसिप कार्यक्रममार्फत कलेजमै विद्यार्थीले काम गर्न पाउने र त्यसवाफत स्टाइपेन्ड पाउने छन् । अहिले ट्रेनिसीपमा १० जनाले काम गरिरहेका छन् । आगामी दिनमा विद्यार्थीको क्षमता अभिवृद्दि गर्दै बजारका लागि योग्य बनाउने योजनासहित अगाडि बढेको सिम्खडा सुनाउँछन् ।
स्टार्टअप
बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ?
सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निक…
स्वदेश तथा विदेशमा साइबर सुरक्षा दिइरहेको मोनाल टेक
सन् २०२० मा कोरोना महामामारीका कारण नेपालमा लकडाउन सुरू भयो । लकडाउनले अत्यावश्य…
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना…
सजिलै व्यवसायको हिसाब-किताब राख्न सकिने ‘टिग एप’
केही वर्ष अघिसम्म व्यवसायको हिसाब किताब ढड्डामा राख्नु पर्थ्यो । कसैको हिसाब खोज्न ढड्डा पल्टाएर हेर्दा कुनै बेला त भेटाउनै मुस्किल…
अनि १५ वर्षीय दिक्षान्तले बनाए एआई ‘गफजीपीटी’
काठमाडौंका दिक्षान्त पाण्डे एसईई दिएर बसिरहेका थिए । एसईईको परीक्षा दिएपछि नतिजा …
बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी
पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा…
बजेटमा स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन, कार्यान्वयनमा शंका
सरकारले स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष २०८०/८१ को …
स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजन
सरकारले देशमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गर्ने भए…
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्बको छुट्टै कोष
सरकारले कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा…
निःशुल्क उद्यमशीलता सम्बन्धि बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी
ह्वाइल ट्यांकले निःशुल्क उद्यमशीलता बुटक्याम्प योजना गर्ने भएको छ । स्टार्टअप उद्यमशीला…
लोकसेवा र प्रवेश परीक्षाको निःशुल्क ज्ञान बाँड्दै ज्ञानमार्क
सामान्यता एसईई वा स्नातक तह पूरा गरेपछि नेपाली युवाहरु कि लोकसेवा परीक्षाको तया…
न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस सम्पन्न, यी हुन् अवार्ड पाउने स्टार्टअप ?
न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ सम्पन्न भएक…
कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य
स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम …
डेढ वर्षमा तयार भएको शेयर बजार र वित्तीय ज्ञान दिने प्लेटफर्म मनि मित्र
पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको जमात बढ्दो छ । कतिले अरूको लहलहमै लगानी गर्छन् भने कति आफैले जानेर बुझेर लगानी गर्छन् ।
शेयर बजार सम्बन्धि …
वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने
चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…