कीवर्डहरू -

स्वदेश तथा विदेशमा साइबर सुरक्षा दिइरहेको मोनाल टेक

‘विदेशमा भन्दा स्वदेशमा सेवा दिन गाह्रो छ’

स्वदेश तथा विदेशमा साइबर सुरक्षा दिइरहेको मोनाल टेक

सन् २०२० मा कोरोना महामामारीका कारण नेपालमा लकडाउन सुरू भयो । लकडाउनले अत्यावश्यक बाहेकका सबै सेवा ठप्प भए । लामो समयसम्म धेरै जना घरभित्रै बस्न बाध्य भए ।

काठमाडौंकी मोना न्याचोङ पनि घरमै बसिरहेकी थिइन । सूचना प्रविधिमा २० वर्षदेखि काम गर्दै आएकी मोनालाई पहिलेदेखि नै आफ्नै केही गर्ने हुटहुटी थियो । तर समय जुरेको थिएन ।

जब कोरोना महामारी सुरू भयो, तब मोनाको वर्षौ पहिलेको सपनाले मुर्त रूप लिन थाल्यो । किनकी उनले आफ्नै स्टार्टअप मोनाल टेक सुरू गरिन ।

घरबाटै मोनाल टेक सुरू भएको कम्पनीकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोना न्याछ्यों बताउँछिन् ।

‘सूचना प्रविधि क्षेत्रमा काम गरेको लामो समय भइसकेको थियो । कलेज पढ्दादेखिनै आफ्नै केही गर्ने हुटहुटी थियो,’ उनी भन्छिन, ‘सूचना प्रविधि क्षेत्रको लामो अनुभव संगालेपछि अब आफ्नै स्टार्टअप सुरू गर्नुपर्छ भनेर साइबर सुरक्षा कम्पनी मोनाल टेक स्थापना भएको हो ।’

मोनाल टेक सुरू गर्दा मोना गर्भवती थिइन् । पेटमा एउटा बच्चा हुर्किरहेकोथियो । सँगसँगै उनले अर्को बच्चाको रूपमा ‘मोनाल टेक’लाई हुर्काइरहेकी थिइन् ।

३ वर्ष अगाडि स्थापना भएको मोनाल टेकले छोटो समयमै लोभलाग्दो प्रगति गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई सेवा प्रदान गरिरहेको छ ।

मोनाल टेकले साइबर सेक्युरिटी फरेन्सिक, सेक्युरिटी अपरेसन सेन्टर, साइबर सेक्युरिटी अडिट, पेनिट्रेसन टेस्टिङ, भलनेरबिलिटी एसिसमेन्ट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर हाइजिन, आर्किटेक्टचरल विकास, सोलुसनलगायतका सेवा दिदै आएको उनको भनाइ छ ।

साइबर सेक्युरिटी फरेन्सिक सेवा अन्तर्गत साइबर सुरक्षा पिडितहरूको अनुसन्धान र प्रमाण संकलनमा सघाउँदै आएका छ ।

यस बाहेक कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर समेत सञ्चालनमा ल्याएको छ, जसबाट २४ घण्टा साइबर सुरक्षाको निगरानी गरिन्छ ।

\"\"
मोना न्याछ्यों

मोनाल टेकले साइबर सुरक्षासँग सम्बन्धि आफ्नै प्रडक्ट समेत विकास गरेको छ । कम्पनीको प्रडक्ट मेट माई स्क्यानले साइबर सुरक्षाको स्क्यानिङ र रिपोर्टिङको काम गर्दछ ।

त्यस्तै अर्को प्रडक्ट मोनाल मेल रहेको छ, जसले इमेल सुरक्षाको विषयमा काम गर्छ । मोनाल मेल नेपालसहित विदेशमा समेत प्रयोग भइरहेको छ ।

यी बाहेक मोनाल टेकको ईआरपी र एलएमएस सोलुसन समेत उपलब्ध छन्। कम्पनीले नेपालसहित अमेरिका, अफ्रिका, यूरोप र एशियन देशमा साइबर सुरक्षा सेवा उपलब्ध गराउँदै आएको मोना बताउँछिन् ।

मोनाल टेकसँग साइबर सुरक्षामा एक दशक बढी काम गरेको अनुभवी टिम छ । त्यही अनुभवकै कारण मोनाल टेकले ३ वर्षको अवधिमै आफ्नो सेवा विदेशमा समेत विस्तार गर्न सफल भएको छ ।

स्वदेश वा विदेशमा काम गर्दा कहाँ चुनौती छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विदेशमा भन्दा पनि स्वदेशमा काम गर्न धेरै चुनौती छ । हामीलाई काम गर्न विदेशमा सजिलो भयो नेपालमा गाह्रो छ ।’

\"\"

नेपाल जस्तो विकान्सोमुख देशमा स्टार्टअप सुरू गर्नु आफैमा चुनौतीपूर्ण काम हो, यहाँ आफ्नै केही गर्न सहज भने छैन । अनकौं चुनौतीसँग पौठी जोरी खेल्दै अगाडि बढ्नु पर्ने बाध्यता छ ।

नेपालमा स्टार्टअपलाई काम गर्न धेरै ‘इन्ट्री ब्यारियर’ रहेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘विदेशमा काम गर्दा गुणस्तरलाई मुख्य ध्यान दिइन्छ । तर नेपालमा गुणस्तरलाई भन्दा पनि कम्पनी स्थापनाको वर्ष, कामको अनुभव लगायतलाई प्राथमिकता दिइन्छ । त्यसले गर्दा यहाँ स्टार्टअपलाई काम गर्न सहज छैन। विदेशमा काम गर्न सहज पनि छ, अवसर पनि छन् ।’

पछिल्लो समय नेपालमा पनि साइबर सुरक्षाका विषय जोडदार रूपमा उठ्न थालेका छन् । कम्पनीहरूले साइबर सुरक्षामा लगानी गर्न थालेका छन् । साइबर सुरक्षाको महत्त्व सबैले बुझ्दै गएका छन् ।

राज्यले पनि साइबर सुरक्षालाई प्राथमिकतामा राख्न सुरू गरेको छ । तर पनि नेपालले साइबर सुरक्षाको क्षेत्रमा गर्नुपर्ने धेरै बाँकी छ । भर्खर सुरूवाती विन्दुमा यस क्षेत्रका विज्ञको भनाइ छ । साइबर सुरक्षा खर्च होइन् लगानी हो भन्ने कुरा धेरैले बुझन थालेका छन् ।

सरकारले साइबर सुरक्षालाई महत्त्वपूर्ण पाटोको रूपमा पहिचान गर्न थालेको मोनाको अनुभव छ । ‘सरकारले साइबर सुरक्षालाई प्राथमिकता दिन थालेको जस्तो देखिन्छ । डिजिटल नेपालको महत्त्वपूर्ण पिलर साइबर सुरक्षा पनि हो,’ उनी भन्छिन्, ‘त्यसकारण सरकारले साइबर सुरक्षामा लगानी बढाउनु पर्छ । यस क्षेत्रका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्छ ।’

मोनाल टेकमा हाल प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा ५० जनाले रोहगारी पाएका छन् । कम्पनीले इन्टर्न राखी ग्रुम गराएर जनशक्ति विकास गरिरहेका छ ।

नेपालमा साइबर सुरक्षा सम्बन्धि जनचेतनाको समेत अभाव छ । जनचेतनाको अभावका कारण कतिपय साइबर सुरक्षाका घटनाहरू घटिरहेका हुन्छन् । कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जनचेतनामूलक तालिम पनि आयोजना सञ्चालन गरिरहेको छ ।

यस बाहेक नेपालमा साइबर सुरक्षा सम्बन्धि जनचेतनाको समेत अभाव छ । जनचेतनाको अभावका कारण कतिपय साइबर सुरक्षाका घटनाहरू घटिरहेका हुन्छन् ।

कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जनचेतनामूलक तालिम पनि आयोजना सञ्चालन गरिरहेको छ । तालिम दिँदा आफू कहिले पनि साइबर सुरक्षाको 'भिक्टिम' नहुने माइन्डसेट व्यापक रहेको उनको जिकिर छ ।

\"\"
मोनाल टेकको सेक्युरिटी अपरेसन सेन्टर

‘मोनाल टेक’लाई अझै बृहत् बनाउने उनको सपना छ ।  कम्तिमा पनि ३०० जनालाई मोनाल टेकमा रोजगारी दिने उनको चाहना छ ।

उनी भन्छिन्, ‘मोनाल टेक'लाई अझै बृहत् बनाउने मेरो सपना छ। अब आउने दिनमा कम्तिमा पनि ३०० जनालाई मोनाल टेकमा रोजगारी दिन सकूँ भन्‍ने उत्कट चाहना छ।’

ठूल-ठूला बहु-राष्ट्रिय कम्पनीको काम ल्याउने, गुणस्तरीय साइबर सुरक्षा दिने, विदेशी मुद्रा भित्र्याउने र तालिम दिएर साइबर सुरक्षामा काम गर्ने दक्ष जनशक्ति विकास गर्ने कम्पनीले योजना बनाएको छ ।

मोनाल टेकले सन् २०२२ को स्टार्टअप आइसिटी अवार्ड समेत जितेको थियो । कम्पनी यस वर्ष यूरोपका उत्कृष्ट २० नेक्स्ट २० स्टार्टअपमा पनि छनौट भएको छ ।