स्टार्टअप
स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, कसरी दिने आवेदन ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ ।
एक सूचना जारी गर्दै विभागले सरकारले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार मापदण्ड पुरा गरेका स्टार्टअपहरूले कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको हो ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरूले २१ दिन भित्रमा विभागमा कर्जाका लागि आवेदन दिन सकिने जनाइएको छ । चुक्ता पूँजी ५० लाख बढी नभएको स्टार्टअपले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
उक्त कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा पाइने छ, जसको ब्याजदर ३ प्रतिशत मात्र हुने छ । स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो अर्थात आफ्नै व्यवसाय धितोमा राखेर कर्जा पाउने छन् । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव गर्न पाइने छैन् ।
आवेदन दिँदा प्रस्तावको साथमा कम्पनी वा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी र कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपी पनि पठाउनु पर्नेछ ।
प्रस्ताव उद्योग विभागमा वा [email protected] इमेलमा पठाउन सकिने छ । प्रस्तावसहित संलग्न कागजातहरू स्क्यान गरी एउटै पीडीएफ फाइलमा पठाउनु पर्नेछ ।
स्टार्टअप
स्टार्टअपको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद् गठन हुने
सरकारले स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद बनाउने …
के हो स्टार्टअप व्यवसाय ? यस्तो छ सरकारको परिभाषा
सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टा…
नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’
अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि एआईटीसी इन्टरन…
विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने
तपाई हामी प्राय सबैलाई लाग्छ, आफ्नो विवरण पनि गूगलको पहिलो पेजमै भेटियोस् । रौतहट…
कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा
अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी लिन शोरूमसम्मै प…
यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट …
१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो स्टार्टअप एण्ड आईडिया फेस्ट
लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको…
सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू
सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आईडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् । …
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । आइसिटी अवार्ड…
काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विध…
डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्त…
स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू
नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ ।…
‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने…