स्टार्टअप
‘५० स्टार्टअप–५० लगानीकर्ता’मा सहभागी हुन पुनः आवेदन खुला, यसरी दिनुहोस् आवेदन
नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन खुला गरेको छ ।
यस कार्यक्रममा सहभागी हुन गत बैशाख ४ गतेदेखि नै आवेदन खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।
कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेटन नसकिएकाले मुलुकभरबाट नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः थपेको हो । यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरिसकेपछि महासंघबाट इमेलमार्फत सम्पर्क गर्ने महासंघले जनाएको छ ।
आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिनसकिने छ । उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ ।
लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायीक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायीक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत यो आवेदन खुला गरिएको हो ।
एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफनो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।
महासंघको यस वेभपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिने छ ।
स्टार्टअप
सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी
मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा…
खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु
अहिले जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक २०२० चलिरहेको छ । जुलाई २३ बाट सुरु भएको ओलम्पिक भोलि आइतबार समापन हु…
बेलकामा निर्माणाधिन अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…
सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट
सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…
महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…
टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा
टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…
भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने
भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ …
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट
सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…
सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने
सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…
एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा
एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…
स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?
उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । उद्योग संगठन मो…
एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…
एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्त…
मेगा बैंकले ल्यायो मेगा मेडि कार्ड, अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रक…
वर्ल्ड सोसल इन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा नेपालका डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. …