कीवर्डहरू -

स्टार्टअप

एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।

यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।

अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।

बैंक खाता लिंक गरी यसरी गर्नुहोस् सेल्फ भेरिफाई

शुरूमा कनेक्ट आईपीएसको आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण भरी गरी खाता लिन्क गर्नुहोस् ।

अनि म्यानेज अकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्नुहोस् र रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राख्नुहोस् ।

यति गरेपछि अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्नुहोस् । अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने छ ।

स्टार्टअप

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दृष्टि द भिजन आइ सेन्टरमा छुट पाइने

कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्ट…

एनएमबि बैंकका ग्राहकले मोबाइलबाटै २ लाखसम्म ऋण लिन सक्ने

आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ कर्जा सेवा…

सरकारले स्टार्टअप उद्यमी तथा संस्थालाई पुरस्कृत गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) उद्यमी तथा संस्थालाई पुरस्क…

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्…

एनआईसी एशिया बैंकको टिकटक भिडियो प्रतियोगिता, एक भिडियोलाई १५ हजार पुरस्कार 

एनआईसी एशिया बैंकले टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिनेले प्रति भिडियो १५ हजा…

महालक्ष्मी विकास बैंकले शुरू गर्‍यो मिस्ड कल सेवा

महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले कुनै पनि बै…

मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने

मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशि…

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज, अनलाइनबाटै खोल्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्य…

क्लबहाउसको आइकनमा आएकी नयाँ महिला, क्लबहाउसमै भेटिन आफ्नो प्रेमी 

क्लब हाउसले केही समयको अन्तरालमा आफ्नो आइकनलाई परिवर्तन गरिरहन्छ । आज मात्रै उसले आफ्नो आइकनमा नयाँ व्यक्तीलाई राखेको…

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । बैंकको कोर बैंकिङ्ग सि…

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा…

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

मेगा बैंकका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म…

बैंक मै भने, ‘नागरिक एप देखाएर हुदैन्, प्यान कार्ड नै ल्याउनुस्’

काठमाडौं मैतिदेवी बस्ने बाराका सुनिल यादवले केही दिन अघि डलर कार्डका लागि अनलाइनबाट एनआइसी एशिया बैंकमा आवेदन …

लक्ष्मी बैंकको प्रेडिक्ट एन्ड विन योजना, ५ जनालाई १ वर्षका लागि ५० एमबीपीएसको इन्टरनेट

लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ । युरो कप २०२१…

कामना सेवा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

कामना सेवा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्न…