कीवर्डहरू -

स्टार्टअप

स्टार्टअप तथा आइडिया फेस्टः यस्ता छन् प्रदेश एकबाट चयन भएका ७ स्टार्टअप र आईडिया

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा बैशाख ५ गते विराटनगरमा प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना भएको थियो । उक्त कार्यक्रममा एक नम्बर प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी थिए ।

विराटनगर, धरान, ईटहरी लगायत प्रदेश नम्बर एकका धेरै ओटा प्रमुख शहरबाट प्रतिधित्व गर्ने नवप्रवर्तनमुखी प्रविधिमा आधारित आईडिया र स्टार्टअपहरुबीच कार्यक्रमकै अर्को आईडिया पिचिङ सेसनमा प्रतिस्पर्धा गराइएको थियो ।

उक्त प्रतिस्पर्धाबाट ७ ओटा कम्पनी उत्कृष्ट भएर ‘आईडिया इन्कुबेसन’ का लागि छनौट भएका छन् । छनौट हुने सात कम्पनी यस प्रकारका छन् ।

१. क्विकर फूड

\"\"

क्विकर फूड, स्टार्टअप एण्ड आईडिया फेस्ट २०२२ विराटनगरको पिचिङ सेसनबाट विजेता भएको स्टार्टअप । क्विकर फूड अनलाइन फूड तथा ग्रोसरी डेलिभरी गर्ने ईकमर्श स्टार्टअप हो ।

विराटनगरका युवा क्षितिज गौतमले २०१९ मा क्विकर फूडको सुरुवात गरेका हुन् । फूड डेलिभरीबाट सुरु भएको क्विकर फूडले पहिलो चरणको लकडाउन पछि भने ग्रोसरी तथा तरकारी डेलिभरीको समेत सेवा थालेको हो ।

कम्पनीले यो तरकारी डेलिभरीको सेवा अहिले बीटुबी मोडलमा साना किराना पसलहरुलाई पनि प्रदान गर्न थालेको छ ।

हाल विराटनगरको अनलाइन खाद्य डेलिभरी सेवा बजारमा क्विकर फूडको ७५ प्रतिशत हिस्सा छ । कम्पनीको ३० हजारभन्दा धेरै ग्राहक छन् जसमा ६ हजार सक्रिय ग्राहक रहेका छन् ।

कम्पनीको वेबसाइट तथा उपभोक्ता र डेलिभरी राईडरका लागि दुई छुट्टै मोबाइल एप्लिकेसन छ जुन हालसम्म ५० हजार पटक डाउनलोड भइसकेको छ ।

देशको पूर्वी क्षेत्रका मूख्य शहरहरु धरान, ईटहरी, दमक र विर्तामोडलाई केन्द्रित गरेर चाढै नै विस्तार गर्ने कम्पनीको योजना छ । निकट भविष्यमा ५० हजार सक्रिय उपभोक्ता बनाउने पनि कम्पनीको लक्ष्य छ ।

२. क्युरा हेल्थ

\"\"

प्रदेश नम्बर १ को उत्कृष्ट ७ स्टार्टअपमध्ये पर्न सफल क्युरा हेल्थ टेलि हेल्थ सर्भिसमा आधारित कम्पनी हो । सफ्टवेयर इन्जिनियर आयुष भगत र उनका साथीहरुले डेढ वर्ष अघि विराटनगरमा क्युरा हेल्थको सुरुवात गरेका हुन् ।

क्युरा हेल्थ हाल विराटनगर लगायत काठमाडौं र पोखरामा पनि सञ्चालनमा छ । क्युरा हेल्थको एप एन्ड्रोइड र एप्पल प्ले दुबै प्लेटफर्ममा उपलब्ध छ ।

यस एपमार्फत नेपालभरका अग्रणी चिकित्सकहरुसँग अडियो तथा भिडियो कलमार्फत टेलिमेडिकल परामर्श लिन सकिन्छ ।

साथै यस एपमार्फत घरमै नमुना संकलन गरी ल्याब परीक्षण, अपोइन्टमेन्ट बुकिङ, अस्पतालहरुको ओपीडी पूर्जा अनलाइन काट्ने तथा मोबाइलमार्फत रिपोर्ट प्राप्त गर्न सकिने सुविधा पाउन सकिन्छ ।

एपमार्फत सेवा लिएका विमारीहरुले आफ्नो स्वास्थ परिक्षण तथा सम्पूर्ण हिस्ट्री रकेर्डहरु एपको क्लाउड ब्याकअप सर्भरमार्फत पाउन सक्छन् ।

३. ब्लड कनेक्ट

\"\"

प्रदेश नम्बर एकको अर्को उत्कृष्ट ७ स्टार्टअप एण्ड आईडियामध्ये पर्न सफल ब्लड कनेक्ट आप्तकालिन समयमा रगत खोज्न सहयोग गर्ने एप हो ।

कृतज्ञ रेग्मी र उनका साथीहरुले २०२१ देखि धरानमा सुरु गरेको यस एपले रगत आवश्यक भएको समय रगत दाता, ब्लड बैंक खोज्न सहयोग गर्दछ ।

यस एपमार्फत आफ्नो स्थान र रगत समूहका आधार दातासँग जोडिन सकिन्छ । एपमार्फत आफू बसेको ५० किलोमिटर क्षेत्रफल भित्रको सोही रगत समूहको दातासँग जोडिन सकिन्छ ।

एपमार्फत रक्त दान गर्ने व्यक्तिहरुलाई भर्चुअल सर्टिफिकेट समेत दिने व्यवस्था छ ।

४. हेल्लो एम्बुलेन्स

\"\"

एम्बुलेन्स जस्तो आपतकालिन बाहनको असमान वितरणबाट उत्पन्न भएको समस्यालाई प्रविधिको माध्यमबाट निरुपण गर्न सहयोग गर्ने एप हो हेल्लो एम्बुलेन्स ।

गोकर्ण बास्कोटा र साथीहरुले यो सामुदायिक सेवाको आईडिया विकास गरेका हुन् । विराटनगरमा सम्पन्न प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्टबाट हेल्लो एम्बुलेन्स प्रदेशको उत्कृष्ट सात आईडियामा पर्न सफल भएको हो ।

यस एपमार्फत आफूवरीपरी छरिएर रहेका एम्बुलेन्सहरुको तथ्यांक, सम्पर्क नम्बर तथा अन्य विस्तृत विवरण प्राप्त गर्न सकिन्छ ।

आपतकालिन समयमा यो एपको प्रयोग गर्दा आफू वरीपरीको ३० किलोमिटर क्षेत्रफलभित्रको एम्बुलेन्सहरुबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । एपमा एम्बुलेन्सको सम्पूर्ण जानकारी तथा तथ्यांक पनि अद्यावधिक भईरहन्छ ।

५. क्रिप्स मिडिया ल्याब

\"\"

इन्टरनेट वास्तविक तथा भ्रामक सूचनाहरुको सागर हो । यी प्रत्येक सूचना तथा जानकारीलाई प्रमाणीकरण गरेर आफ्नो हितमा प्रयोग गर्नु एउटा व्यक्तिलाई धेरै समय आवश्यक पर्छ ।

यहीँ समस्यालाई पहिचान गरी कन्टेन्ट तथा इन्फर्मेसन फिल्ट्रेसन तथा समराइजेसनको अवधारणा बोकेर अन्जनी कुमार ठाकूरले क्रिप्स मिडिया ल्याब आईडियामा काम सुरु गरेका छन् ।

यसले इन्टरनेट तथा सञ्चार माध्यमहरुमा भएका लामा र धेरै ठूला सूचनाहरुलाई संकलन गरी एआई एल्गोरिदमको मद्दतबाट संक्षिप्त र सटिक जानकारी उपभोक्तामाझ पस्किने काम गर्दछ । साथै यसले पाठकलाई एआईमा आधारित पर्सनलाइज्ड रिडिङ एक्सपिरियन्स समेत प्रदान गर्दछ ।

भ्रामक र प्लेजरिज्म सामाग्रीहरुबाट बचेर वास्तविक र सत्य तथ्यमा आधारित सामाग्रीहरु मात्र प्रदान गर्ने यो आईडिया प्रदेश नम्बर १ को उत्कृष्ट ७ आईडिया तथा स्टार्टअपमा पर्न सफल भएको छ ।

६. स्टिम स्किल

\"\"

आधारभूत तहदेखि नै सूचना प्रविधि युगको अत्यावश्यक सिप कोडिङ सिकाउने प्लेटफर्म हो स्टिम स्कूल । २०२२ देखि विराटनगरमा दिपक शाहले सुरु गरेको स्टेम स्किलले परम्परागत पाठ्यक्रममा समावेश नभएको फाउण्डेसनल कम्प्युटर कोडिङ स्किल विद्यार्थीहरुलाई सिकाउँछ ।

स्टेम स्किलले विद्यालयहरुमा वर्कसप दिनका साथै कोडिङ इन्सटिच्यूसन तथा स्कूल कोडिङ सेन्टर समेत स्थापना गरी अन्तराष्ट्र्रिय स्तरको के एट करिकुलममा आधारित कोडिङ सिप प्रदान गर्दछ ।

कोडिङ सिप भएका व्यक्तिहरुले यस प्लेटफमार्फत जोडिएर पार्ट टाइम कोडिङ ट्युटरको काम गरी आम्दानी समेत गर्न सक्छन् ।

७. ट्रेड नेपाल अनलाइन

\"\"

ट्रेड नेपाल अनलाइन स्थानीय बस्तु तथा सामाग्रीलाई अन्तराष्ट्र्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने उदेश्य लिएर जन्मिएको अनलाइन मार्केट प्लेस तथा ईकमर्श स्टार्टअप हो ।

विकल्प न्यौपाने र उनका अग्रजले २०२० मा स्थापना गरेको ट्रेड नेपाल अनलाइनले नेपाली स्थानीय ब्राण्डहरुको विश्वव्यापी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

यस प्लेटफर्मको आफ्नो वेबसाइट र एप छ । जसमा स्थानीय उत्पादकहरुले आफ्नो ब्राण्ड रजिस्टर गर्ने, फोटो अपलोड गरेर सामाग्री बिक्री तथा ब्राण्ड प्रवद्र्धन गर्न सक्छन् ।

यस प्लेटर्फममा ग्रोसरी आईटम, होम डेकोरेसन, हेल्थ हाईजिन, कृषिजन्य सामाग्री तथा विद्युतीय सामाग्री सबे पाउन सकिन्छ ।

अनलाइम डेलिभरीको सुविधा दिने ट्रेड नेपालले उत्पादक तथा कृषकहरुसँग प्रत्यक्ष सहकार्य गर्ने हुँदा यस प्लेटफर्ममा उपलब्ध बस्तुहरुको मूल्य पनि तुलनात्मकरुपमा बजार मूल्यभन्दा कम हुन्छ । कम्पनीले स्वदेशी बाहेक विदेशी ब्राण्डका बस्तुहरु पनि आयात गर्ने गर्दछ ।

यसरी प्रदेश स्तरीय प्रतिस्पर्धाबाट उत्कृष्ट ७ मा छनौट भएका सबै कम्पनीलाई काठमाडौंमा ल्याएर ‘आईडिया इन्क्युबेसन’ का साथै सम्भावित लगानीकर्ताहरुसँग सम्पर्क सहजीकरणको सुविधा समेत प्रदान गर्ने आयोजकको भनाई छ ।

स्टार्टअप

‘तुलना’ गरेर अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सकिने ‘ईबीमा’, केही घण्टामै क्लेम सेटलमेन्ट 

प्रविधिको तीब्र विकाससँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र डिजिटल हुँदै गइरहेका छन् ।…

तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने …

विपद् व्यवस्थापनमा मद्दत पुग्ने आईडियालाई प्रशिक्षण, परामर्श र लगानीको अवसर

प्राइभेट सेक्टर इन्नोभेसन च्यालेञ्ज आयोजना हुने भएको छ । युएसएआईडी र तयार नेपालको …

१९ वर्षे युवाले पुरानो बाईकलाई मोडिफाई गरेर बनाए विद्युतीय बाईक, व्यावसायिक उत्पादन १ लाखमै

१९ वर्षे नेपाली युवाले नेपालमै विद्युतीय मोटरसाइकल बनाएका छन् ।  मोरङका १९ वर्षिय…

मेडिकल शिक्षालाई डिजिटल बनाउँदै मेडिकोज, अनलाइनमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

चितवन नारायणगढका सन्तोष रिजाल र अंकित श्रेष्ठ बच्चै देखिएका साथी हुन् । उनीहरू विद्…

स्टार्टअपलाई १० लाखसम्म अनुदान दिदै नास्ट, माग्यो प्रस्ताव

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नविनतम प्रविधिको विकास र विद्यम…

३ जनाले शुरू गरेको मोबाइल स्किन ब्राण्ड ‘र्‍यापसी’, पहिलो महिनामै साढे २ लाखको बिक्री

सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालको मनमा सानैदेखि नेप…

कसरी सफल बनाउने स्टार्टअप ? 

अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले यो…

स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र

बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको …

नेपाली ब्राण्ड ई-चुलो शुरू भएको २ वर्ष पुरा, ग्यासको तुलनामा ४० प्रतिशत इन्धन खर्च घटाउने

कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भ…

एलन मस्कः प्रविधिको क्षेत्रमा प्रेरणाको स्रोत 

कोरोना महामारीले ठूल्ठूला राज्यको पनि अर्थतन्त्रमा नराम्रोसँग धक्का मारेको थियो । यस्…

प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक ९४ करोड कमाउँदै ‘ग्रामर्ली’

शीर्षक पढेर स्टोरीसम्म आईपुग्दा तपाईलाई सायद अझै पनि विश्वास लागेको छैन् होला । तर …

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’, क- कसले पाए अवार्ड ?

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स’ २०२१  कार्यक्रम सम्पन्न भएको छ । बिह…

यी हुन् आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ परियोजना (भिडिओ)

आगामी पुस २ गते एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आयोजना हुँदैछ । य…

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत …