कीवर्डहरू -

स्टार्टअप

नेपाली उत्पादन विश्वभर पुर्‍याउँदै एक्सपोर्ट फ्रम नेपाल डटकम, व्यापार घाटा कम गर्ने लक्ष्य

के तपाई विदेशमा बस्नु हुन्छ र तपाईलाई नेपालमा बनेको सामान आवश्यक परेको छ ? यदी त्यसो हो भने तपाईको समस्या समाधान गर्नेछ ई-कमर्श कम्पनी ‘ एक्सपोर्ट फ्रम नेपाल डटकम ’ ले ।

एक्सपोर्ट फ्रम नेपाल डटकमबाट आफुलाई चाहिएको नेपाली सामान अर्डर गरेर आफु बसेको देशमै सामान पाउन सकिन्छ । एक्सपोर्ट फ्रम नेपाल सन् २०२० मा स्थापना भएको कम्पनी हो ।

नेपालको व्यापार घाटालाई कम गर्ने लक्ष्यसहित एक्सपोर्ट फ्रम नेपाल स्थापना भएको कम्पनीकी निर्देशक प्रशन्सा सिजापतिले बताइन् ।

‘हामी आयात धेरै गर्छौं । निर्यात कम गर्छौं । जसका कारण विभिन्न देशसँग हाम्रो व्यापार घाटा हुन्छ,’ उनले आइसिटी समाचारसँग भनिन्, ‘त्यसलाई कम गर्ने उद्देश्यसहित एक्सपोर्ट फ्रम नेपाल सञ्चालनमा आएको हो ।’

उनका अनुसार नेपाली सामान विदेशमा चिनाउने उद्देश्य पनि रहेको छ । कम्पनीले अहिलेसम्म २० भन्दा बढी देशमा सामान पठाइसकेको छ । एक्सपोर्ट फ्रम नेपाल डटकममा गएर आफुलाई आवश्यक भएको नेपाली सामान अर्डर गर्न सकिन्छ ।

सामानको तौल अनुसार शिपिङ शुल्क लाग्ने सिजापतिको भनाइ छ । कम्पनीले अर्डर आएको एकहप्तामा विश्वको जुनसुकै देशमा पनि सामान डेलिभरी गरिसक्ने जनाएको छ ।  शिपिङका लागि कम्पनीले विभिन्न कम्पनीसँग सहकार्य गरेको छ । शिपिङ गर्ने कम्पनीले वेबसाइटमा शिपिङ शुल्क राखेको कम्पनीले बताएको छ ।

\"\" एक्सपोर्ट फ्रम नेपाल प्रालिले विदेशमा मात्रै नभएर नेपालमा पनि नेपाली उत्पादन ग्राहकको घरमा पुर्‍याइरहेको छ । जसका लागि ई-कमर्श प्लेटफर्म ‘हाम्रो सामान डटकम’ पनि विकास गरिएको छ । नेपालभर शिपिङ मार्फत सामान डेलिभरी हुनेछ

शिपिङबाट सामान पठाउँदा तौल अनुसार शुल्क लाग्ने छ । त्यस्तै काठमाडौं उपत्यकामा कम्पनीले ग्राहकको माग अनुसार सामान डेलिभरी गर्ने जनाएको छ । जसको शुरूवाती शुल्क ८० रूपैयाँ तोकिएको छ ।

हाम्रो सामानबाट विदेशमा बस्ने नेपालीले नेपालका आफ्ना आफन्त तथा साथीभाईलाई पनि नेपाली उत्पादन गिफ्ट गर्न सक्ने सिजापति बताउँछिन् ।

‘अरू देशको भर नपरौं । जे उत्पादन गर्न सकिन्छ नेपालमै गरौं । उत्पादन गरेको सामान सातै प्रदेशमा बेचौं,’ उनी भन्छिन्, ‘पाल्पाको ढाका टोपी हुम्लाको मान्छेले लगाउनु पर्छ । जनकपुरमा बन्ने मिथिला आर्ट काठमाडौंमा विक्री हुनुपर्छ ।’

प्लेटफर्ममा ५ हजार बढी नेपाली सामानहरू राखिएको छ । यसमा ३५० भन्दा बढी विक्रेताहरू आवद्ध भएका छन् । यसबाट ह्यान्डिक्राफ्ट, बेबी प्रडक्ट, ब्युउटी प्रडक्ट,ज्वेलरी, शुज, ब्याग, थांका, म्युजिकल इन्स्ट्रुमेन्ट, गिफ्ट बक्स, लोक्ता पेपर, औषधि, टेक्सटाइल लगायत २० भन्दा बढी विधाका सामानहरू खरिद गर्न सकिन्छ । सामान खरिद गर्दा पेपाल, स्ट्राइप, बैंक ट्रान्सफर र खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

स्टार्टअप

‘५० स्टार्टअप–५० लगानीकर्ता’मा सहभागी हुन पुनः आवेदन खुला, यसरी दिनुहोस् आवेदन

नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्य…

वेबसाइट र मोबाइल एपबाट मनोपरामर्श दिने मनोभावना, नि:शुल्क म्यासेज सेवा पनि

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । य…

दराज सिंगापुरले नेपालमा १ अर्ब ६५ करोड लगानी गर्दै, कम्प्युटर सफ्टवेयर र अनलाइन विज्ञापनमा काम गर्ने 

दराज सिंगापुरले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ …

अर्घाखाँची अस्पतालमा सुरु भयो अक्सिजन उत्पादन, अन्य जिल्लामा पनि सुरु हुदै (भिडिओ)

पहाडी जिल्ला अर्घाखाँचीको जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना भएर मंगलबारदेखि उत्पादन सुरु भएको छ । अर्…

सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी

मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा…

खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु 

अहिले जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक २०२० चलिरहेको छ । जुलाई २३ बाट सुरु भएको ओलम्पिक भोलि आइतबार समापन हु…

बेलकामा निर्माणाधिन अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…

भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने

भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ …

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…

स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?

उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । उद्योग संगठन मो…