स्टार्टअप
स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप
पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको छ । स्टार्टअप शुरू गरेका युवालाई लगानी र मेन्टरशिपको खाँचो छ । यही खाँचोलाई पूरा गर्न लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरिरहेको छ ।
पहिलो चरणमा ४ वटा प्रदेशमा कार्यक्रम आयोजना भइरहेको छ । गत चैत १८ गते गण्डकी प्रदेशबाट शुरू भएको फेस्ट लुम्बिनी र मधेशमा सम्पन्न भइसकेको छ भने वैशाख ५ गते प्रदेश नम्बर १ मा हुँदैछ ।
बाँकी ३ प्रदेशमा जेठ महिनामा सञ्चालन हुनेछ । त्यसपछि सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई लगानी र मेन्टरशिपको अवसर दिइनेछ । आज हामी तपाईलाई स्टार्टअप एण्ड आइडिया फेस्टमा छनोट भएका गण्डकी प्रदेशका उत्कृष्ट ५ स्टार्टअपको बारेमा जानकारी दिदैछौं ।
सात्विक न्युट्री फुड
सात्विक न्युट्री फुड डेढ वर्ष अगाडि शुरू भएको हो । सात्विक ग्रुप अफ कम्पनी अन्तर्गत सात्विक न्युट्री फुड सञ्चालन भइरहेको छ । सात्विक ग्रुप अफ कम्पनीमा १५ जनाले ४५ लाख लगानी गरेका छन् ।
सात्विक न्युट्री फुडले डाइट प्लान, परामर्श लगायत न्युट्रिसन सम्बन्धि सेवा दिदै आएको छ । कम्पनीले आफ्नै किचेन पनि शुरू गरेको छ, जसमा डाइट प्लान अनुसारको खाना र खाजा तयार गरिन्छ ।
डाइट अनुसारको खाना केही निश्चित ठाउँमा डेलिभर समेत हुन्छ । आफ्नो सेवालाई विस्तार गर्ने कम्पनीको योजना छ । सात्विक न्युट्री फुडमा अहिले ७ जनाले रोजगारी पाएका छन् ।
क्वाड गेम्स
क्वाड गेम्स २ वर्ष अगाडि स्थापना भएको हो । क्वाड गेम १५ देखि २० लाखको लगानीमा पोखराका आशिष ढुंगाना, महेश ढुंगाना, विपिन सुवेदी र अश्विन ढुंगानाले स्थापना गरेका हुन् ।
क्वाड गेम्स अन्तर्गत अहिले कार, सुटिङ र वर्ड बनाउने गेम गरी कुल ८ वटा गेम सार्वजनिक भएका छन् । ८ वटा एप हाल प्लेस्टोरमा उपलब्ध छन् । आईओएसमा पनि उपलब्ध गराउने क्वाड गेम्सको तयारी छ ।
क्वाड गेम्स अन्तर्गत सार्वजनिक भएका गेम प्लेस्टोरबाट ६-७ लाख पटक डाउनलोड भएका छन् । उनीहरूले आवश्यक जनशक्ति फ्रिल्यान्सरबाट गराइरहेका छन् ।
हेल्लो हेल्थ क्लिनिक
हेल्लो हल्थ क्लिनिकले स्वास्थ्य प्रदान गर्दै आएको छ । बि.सं. २०७६ सालमा स्थापना भएको हेल्लो हेल्थ पोलिक्लिनिक प्रालिले हेल्लो हेल्थ क्लिनिक सञ्चालन गरिरहेको छ । पोखराका मदनले १ करोडको लगानीमा हेलो हेल्थ क्लिनिक स्थापना गरेका हुन् ।
हेलो हेल्थ क्लिनिकले क्लिनिक, डेन्टल, ल्याब, फार्मेसी सेवा प्रदान गर्दै आएको छ । हेलो हेल्थ क्लिनिकबाट औषधी घरमै डेलिभरी पनि हुन्छ । हेलो हेल्थ क्लिनिकले पोखरामा स्कुल हेल्थ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसबाट विद्यार्थीरूलाई प्राथमिक उपचार दिइन्छ ।
यसलाई अझै व्यवस्थित बनाउन स्याटेलाइट क्लिनिक शुरू गर्ने कम्पनीको योजना छ । एप र वेबसाइट ल्याउने कम्पनीले जनाएको छ । हेलो हेल्थ क्लिनिकमा अहिले ८ जनाले रोजगारी पाएका छन् । हालसम्म हेलो हेल्थ क्लिनिकले ५ हजार बढीलाई सेवा प्रदान गरिसकेको छ ।
एक कल होम सोलुसन
सन् २०१७ मा एक कल होम सोलुसन स्थापना भएको छ । पोखराका बिमल वाँस्तोला र पेरिस घिमिरेले स्थापना गरेका हुन् । एक कल होम सोलुसनले इलेक्ट्रिकल, पलम्बिङ, कारपेन्ट्री, इलेक्ट्रोनिक्स, कम्प्युटर सर्भिसेस, ब्युटी, पेन्टिङ, बडी फ्याट एनालाइसिस लगायतका सेवा अनलाइनबाट प्रदान गर्दै आएको छ ।
कम्पनीले हार्डवेयर र इलेक्ट्रिकल सामानको भौतिक स्टोर पनि राखेको छ । एक कल होम सोलुसनलाई मास स्केलमा लैजाने कम्पनीको योजना छ । कम्पनीमा अहिले १० जना आवद्ध भएका छन् ।
एक्सडिजो टेक्नोलोजीज
एक्सडिजो टेक्नोलोजीज प्रालि २ वर्ष अगाडि स्थापना भएको आईटी कम्पनी हो । पोखराका दिनेश थापा एक्सडिजो टेक्नोलोजीजका संस्थापक हुन् । कम्पनीले डिजाइन, डिजिटल मार्केटिङ, रिसर्च तथा डेभलपमेन्ट, कन्सल्टिङ, ट्रेनिङ लगायतका सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले अब आफ्नै प्रडक्ट विकासमा ध्यान दिने योजना बनाएको छ । एक्सडिजोले अहिलेसम्म ५०० बढीलाई ग्राहकलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीमा हाल १५ जनाले रोजगारी पाएका छन् ।
स्टार्टअप
१९ वर्षे युवाले पुरानो बाईकलाई मोडिफाई गरेर बनाए विद्युतीय बाईक, व्यावसायिक उत्पादन १ लाखमै
१९ वर्षे नेपाली युवाले नेपालमै विद्युतीय मोटरसाइकल बनाएका छन् । मोरङका १९ वर्षिय…
मेडिकल शिक्षालाई डिजिटल बनाउँदै मेडिकोज, अनलाइनमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने
चितवन नारायणगढका सन्तोष रिजाल र अंकित श्रेष्ठ बच्चै देखिएका साथी हुन् । उनीहरू विद्…
स्टार्टअपलाई १० लाखसम्म अनुदान दिदै नास्ट, माग्यो प्रस्ताव
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नविनतम प्रविधिको विकास र विद्यम…
३ जनाले शुरू गरेको मोबाइल स्किन ब्राण्ड ‘र्यापसी’, पहिलो महिनामै साढे २ लाखको बिक्री
सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालको मनमा सानैदेखि नेप…
कसरी सफल बनाउने स्टार्टअप ?
अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले यो…
स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र
बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको …
नेपाली ब्राण्ड ई-चुलो शुरू भएको २ वर्ष पुरा, ग्यासको तुलनामा ४० प्रतिशत इन्धन खर्च घटाउने
कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भ…
एलन मस्कः प्रविधिको क्षेत्रमा प्रेरणाको स्रोत
कोरोना महामारीले ठूल्ठूला राज्यको पनि अर्थतन्त्रमा नराम्रोसँग धक्का मारेको थियो । यस्…
प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक ९४ करोड कमाउँदै ‘ग्रामर्ली’
शीर्षक पढेर स्टोरीसम्म आईपुग्दा तपाईलाई सायद अझै पनि विश्वास लागेको छैन् होला । तर …
‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’, क- कसले पाए अवार्ड ?
‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स’ २०२१ कार्यक्रम सम्पन्न भएको छ । बिह…
यी हुन् आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ परियोजना (भिडिओ)
आगामी पुस २ गते एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आयोजना हुँदैछ । य…
यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)
एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत …
The Urban Space: Your Next Address for Smart Homes
काठमाडौंका विजय अधिकारी जोरपाटीको न्युटन कलेजमा बीबीएस चौंथो वर्ष…
कुनै पनि सामान चाहियो ? अब फ्याबबडले तपाई भएकै घरमा गर्नेछ डेलिभरी
के तपाईलाई काठमाडौं, ललितपुर र भक्तपुरका कुनै पनि स्टोरबाट सामान …