स्टार्टअप
सरकारी भुक्तानीलाई सजिलो बनाउँदै कनेक्ट आईपीएस
केही वर्षअघि सम्म विभिन्न सरकारी राजस्व तथा सेवाको भुक्तानी गर्न लाइन लाग्नु पर्थ्यो । तर अहिले अवस्था फेरिएको छ ।
अहिले कनेक्ट आईपीएस प्रयोग गरेर मोबाइलबाटै सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । पहिले घण्टौ लाइन बसेर तिर्नु पर्ने राजस्व अहिले केही सेकेण्डमै तिर्न सकिन्छ । प्रविधिको प्रयोगले यो सम्भव भएको हो ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्वसँगै अन्य विभिन्न प्रकारका भुक्तानी पनि गर्न सकिन्छ, त्यो पनि घरमै बसेर अनलाइनबाटै । जसको लागि कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिंक गराउनु पर्ने हुन्छ ।
आफ्नो बैंक खाता लिंक गराएपछि विभिन्न प्रकारका भुक्तानी गर्न सकिन्छ । जसले गर्दा तपाईले पैसा लोड गर्नुपर्ने झन्झट पनि भएन ।
हाल कनेक्ट आईपीएस मार्फत महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्टार, लोकसेवा र पासपोर्ट विभागको राजस्व तिर्न सकिन्छ ।
त्यस्तै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कर्जा तिर्न, शेयर कारोबारको भुक्तानी गर्न, विभिन्न स्थानीय तहको दस्तुर, शूल्क तथा राजस्व तिर्न, चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षाको आवेदन शुल्क तिर्न, भन्सार विभागको एक्जिम कोड नवीकरणको अनलाइन भुक्तानी गर्न सकिन्छ ।
यसबाट इन्टरनेटको बिल भुक्तानी, विभिन्न संस्थाको विज्ञापनको भुक्तानी, मेरो शेयर र डिम्याट खाता नवीकरण गर्न सकिने, सामाजिक सुरक्षा कोषको भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी लगायतका काम समेत गर्न सकिन्छ । भने ट्राफिक जरिवाना पनि कनेक्ट आईपीएसबाटै तिर्न सकिन्छ ।
त्यसैगरी यसबाट खल्ती, आईएमई पे, प्रभु पे, इनेट पे, मोरू, क्यु पे लगायतका अन्य मोबाइल वालेटमा रकम जम्मा गर्न सकिन्छ । कनेक्ट आईपीएसबाट बसको टिकट काट्न, एयरलाइन्सको टिकट खरिद गर्न, इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न, फण्ड ट्रान्सफर गर्न समेत गर्न सकिन्छ ।
यसबाट विभिन्न ई-कमर्श कम्पनीको भुक्तानी, अनलाइन रिचार्ज, ट्राभल एण्ड टुर्स, स्कुल, कलेज, कन्सलटेन्सी, इएमआई, मुभी लगायतको भुक्तानी पनि गर्न सकिन्छ । साथै क्युआर कोड स्क्यान गरेर पनि कनेक्ट आईपीएस प्रयाेगकर्ताबीच फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने कनेक्ट आईपीएस ?
मोबाइल एप र वेबसाइट मार्फत कनेक्ट आईपीएसको प्रयोग गर्न सकिन्छ । कनेक्ट आईपीएसको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
कनेक्ट आईपीएसको मोबाइल एप डाउनलोड गरेपछि उक्त एपलाई ओपन गर्नुहोस् । एप ओपन भइसकेपछि क्रेट न्युमा गएर नयाँ अकाउन्ट बनाउन सकिन्छ ।
यदी तपाई कनेक्ट आईपीएसको वेबसाइट मार्फत नयाँ अकाउन्ट बनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी साइनअप मा क्लिक गर्नुहोस् ।
तपाईसँग पहिले नै कनेक्ट आईपीएसको अकाउन्ट छ भने वेबसाइटका लागि साइन इन मा क्लिक गरेर र मोबाइलका लागि एप खोलेर युजर नेम र पासवर्ड राखि सबमिट वा लगइन गर्नुहोस् ।
नयाँ अकाउन्ट बनाउन क्रेट न्यु वा साइन अपमा क्लिक गरेपछि त्यहाँ मागिएको सम्पूर्ण विवरण भर्नुहोस् । विवरण भरेपछि रजिष्टरमा क्लिक गर्नुहोस् ।
रजिष्टर भईसकेपछि युजर नेम र पासवर्ड राखेर लगइन गर्नुहोस् । त्यसपछि आफ्नो फोन नम्बर र इमेल अकाउन्ट भेरिफाई गर्नुहोस् । यति गरेपछि कनेक्ट आईपीएसबाट कारोबार गर्न आफ्नो बैंक अकाउन्ट लिंक र भेरिफाई गर्नुपर्ने हुन्छ ।
बैंक अकाउन्टलाई लिंक गर्न लिंक अकाउन्टमा क्लिक गर्नुहोस् र आफ्नो बैंक खाताको विवरण गर्नुहोस् । त्यसपछि अप्रुभलको लागि सेण्ड गर्नुहोस् । अप्रभुलको लागि पठाइसकेपछि आफ्नो खाता भेरिफाई गर्नुपर्ने हुन्छ ।
खाता रहेको बैंक वा अनलाइनबाटै पनि भेरिफाई गर्न सकिन्छ । तपाईको अकाउन्ट भेरिफाई भइसकेपछि कनेक्ट आईपीएसबाट कारोबार गर्न सकिन्छ ।
कारोबारको सीमा
कनेक्ट आइपीएसको वेबसाइटबाट एक दिनमा २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ भने प्रति कारोबार १० लाख रूपैयाँसम्म कारोबार गर्न सकिन्छ ।
त्यस्तै कनेक्ट आईपीएसको मोबाइल एप मार्फत दिनमा २ लाख रुपैयाँसम्म र प्रति कारोबार १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । साथै शेयर कारोबारको भुक्तानीमा प्रतिदिनको सीमा १ करोड रूपैयाँ तोकिएको छ ।
कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफरमा २ देखि १५ रुपैयाँ शुल्क लाग्छ । त्यस्तै सरकारी राजस्व भुक्तानीमा २ देखि ५ रुपैयाँ शुल्क लाग्छ । ब्रोकेर भुक्तानी, अन्य सरकारी भुक्तानी, स्कल/कलेजको फी भुक्तानीमा पनि २ देखि १५ रुपैयाँ लाग्छ ।
कति हुन्छ कारोबार
कनेक्ट आईपीएसबाट गत माघ महिनामा १ खर्ब ४ अर्ब ३९ करोड रूपैयाँ बढीको कारोबार भएको छ, जुन गत पुसको तुलनामा साढे ३ अर्ब रुपैयाँले बढी हो । कनेक्ट आईपीएसबाट पुस महिनामा १ खर्ब ७७ करोड बराबरको कारोबार भएको थियो ।
कनेक्ट आईपीएसमा २५ बढी वाणिज्य बैंक, १० बढी विकास बैंक र १० बढी फाइनान्स कम्पनी आवद्ध भएका छन् । बि.सं. २०६५ सालमा स्थापना भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएस सञ्चालन गरिरहेको छ ।
यसका साथै एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आरटीजीएस र एनपीआई प्रणाली सञ्चालन गर्दै आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुको लगानी रहेको छ ।
स्टार्टअप
गणितको महत्व (कविता) - रोजा किरण बासुकला
आज मार्च १४ अर्थात विश्व गणित दिवस । विश्व गणित दिवस नेपाल सहित विश्वभर विविध कार्य…
अब च्याटबटबाटै टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो सुनाउन सकिने
नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वे…
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सक्ने
एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सेवाको सुरुवात गरेको …
मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए
करिब एक महिना अगाडि विकिपिडियाले आफ्नो २० औं वार्षिकोत्सव मनायो । नन प्रफिट संस्था…
यी हुन् विश्वका पन्ध्र मोस्ट एडमायर्ड टेक कम्पनी
फर्चुनले हालै विश्वका मोस्ट एडमायर्ड कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । …
‘मेगा रेमीट’ सेवा अब जोर्डनबाट पनि
मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डन…
एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल न…
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अब अनलाइनबाटै भर्ना गर्न सकिने (भिडियो सहित)
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले …
नेपाल टेलिकमले १७ औं वार्षिकोत्सव मनाउँदैं, यस्तो छ कम्पनीको इतिहास
नेपाल टेलिकमले आज १७ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…
यस्ताे छ नेपालमा आईफोन माेबाइलकाे पछिल्लाे मूल्य सूची
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्…
कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु
कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिह…
ईसेवाको १२ वर्ष पुराः यसरी जन्मिएको थियो ईसेवा
नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले आज १२ वर्ष पुरा गरेको छ । क्यासलेस अर्थतन्त्रको…
सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको …