कीवर्डहरू -

चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर

चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर

सीजीले नेपाली बजारमा हालै आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरी कम्पनीले सहुलियत मूल्यमा आकर्षक र सजिलै चलाउन सकिने डिशवासर ल्याएको हो ।

यी डिशवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाउन सकिने छ । यसमा डिस्प्ले स्क्रिन तथा टच बटनहरु भएकाले यी डिशवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले बताएको छ ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडाहरूलाई सफा गर्न सकिन्छ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजी, बीएलडीसी टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफलोड अप्सन रहेका छन् ।

यसमा अटो डोर टेक्नोलोजी पनि रहेको छ । यो विशेषताको कारण धोइसकेको भाँडाहरूलाई सुकाई रहने झन्झटबाट मुक्त भइन्छ ।

यसले भाँडा धोइ सकेपछि अटोमेटिक ढोका खुल्छ र भित्र रहेका बाफलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई सुकाउन सक्छ ।

डिउल प्रो वासको मद्दतले भाँडालाई २ वटा छुटाछुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै यसमा जेट वास विशेषता पनि रहेको छ ।

यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । कम्पनीका अनुसार डिशवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेन्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी पाउन सकिने छ ।