कीवर्डहरू -

स्टार्टअप

हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार श्रोत रोजेर पढ्न पाइने, यसरी गर्नुहोस् प्रयोग

‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (अर्थात् आफूलाई मनपरेका विश्वस्निय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

अबको केही दिनमा आईफोन प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुरुपका समाचारहरु तयार पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

एपको समाचार खण्डमा ‘फर यु’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको क्याटेगरी (वर्ग) रोज्न सक्नुहुनेछ ।

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ । एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन् ।

समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो ।

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन ?

> हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
> अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्नुहोस् ।
> यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ ।
> यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।
> अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्नुहोस् ।

> त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।
> हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्नुहोस् ।
> लग इन गरेसँगै तपाईंले अब प्लस (जोड) चिन्ह देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।
> अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देख्नुहुनेछ ।

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले विभिन्न न्युज पोर्टलहरु देख्नुहुनेछ ।

जसबाट तपाईं कुन कुन न्युजपोर्टलको समाचार पढ्न चाहनुहुन्छ रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउनुहोस् ।

यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् ।

यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।

स्टार्टअप

नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने

नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्त…

टाटा मोटर्सको दशैं अफर, नयाँ गाडी खरिद गर्दा आकर्षक सुविधा

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को …

अब अनलाइन मार्फत सानिमा बैंकमा क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

अब सानिमा बैंकले ग्राहकहरुले अनलाइन मार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने भए…

सनराइज बैंकले सुरु गर्‍यो डिजिटल टेलर सेवा, अब क्युआर कोड स्क्यान गरी नगद झिक्न सकिने

सनराइज बैंकले बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए प…

कसरी हुदैछ \'आइसिटी अवार्ड २०२०\' को छनौट ? यस्तो छ प्रक्रिया 

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि …

नबिल बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, एटिएमबाटै कार्डको पिन सेट तथा रिसेट गर्न सकिने

नबिल बैंकले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, तथा …

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, अनुदान सहितको ब्याजदरमा ऋण पाइने

सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । क…

अब अनलाइनबाटै यसरी लिनुहोस् हराएको लाइसेन्सको सिफारिस

हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको …

नेपालमै पहिलो पटक नबिल बैंकले सुरु गर्‍यो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु …

जिओ फोर्डको फोर्ड फेस्टिभ अफर, नगद छुट, निःशूल्क बिमा सहित अन्य सुविधा

जिओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता…

सुजुकीका मोटरसाईकल तथा स्कुटर खरिदमा १२ हजार छुटसँगै अन्य सुविधा

सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रे…

सनराइज बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, अब एसएमएस मार्फत ग्रिन पिन पाइने

सनराइज बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रे…

सोसल मिडियामा आफ्नो फोटो तथा भिडियो हाल्दा यी हुन् ध्यान दिनुपर्ने विषय     

हामी सबैलाई सोसल मिडियामा आआफ्नो फोटो तथा भिडियोहरु हाल्न एकदमै रमाइलो लाग्छ । आ…

आइटी क्षेत्रमा करियर बनाउन यी हुन् १० महत्वपूर्ण स्किल

प्रविधिको क्षेत्र द्रुत गतिमा दिन प्रतिदिन विकास हुँदै गइरहेको छ । हरेक दिन यो क्षे…

नेपालको शिक्षण प्रणालीमा आयाम फेर्न सक्ने \'ब्लेन्डेड लर्निङ\'

“ब्लेन्डेड लर्निङ”भन्ने वाक्यांश अहिले एकदमै चर्चित हुदै गएको छ। महामारीले गर्दा हजारौँ बालबालिकालाई भौतिक शिक्षा लिन असर पारेको छ । धेरै …