स्टार्टअप
केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा
नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आरओ मोडेल नेपाली बजारमा ल्याएको छ ।
केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ रहेको हुन्छ । यस शुद्धीकरणले प्रयोगले पानीबाट हुने रोगहरूबाट जोगाउँछ ।
यसले पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुने बताइएको छ ।
यसमा भएको आरओ प्लस यु.एफ. प्लस टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १०० प्रतिशत शुद्ध र पिउन योग्य बनाउँदछ ।
यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।
केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतम भन्दा तल खस्दछ । केन्ट सुप्रीम लाइटको बजारको मूल्य २१,९९० रुपैयाँ रहेको छ ।
त्यस्तै केन्ट ग्रान्ड प्लस अल्कलाइनले १०० प्रतिशत शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।
केन्टको उत्कृष्ट अल्कलाइन आर.ओ. प्यूरीफायरले पानीको पी.एच. स्तर कायम राख्दछ । यसले पानीको पी.एच. स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।
केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क यु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु.भी. एल.ई.डी.ले लामो समयको लागि पानी शुद्ध राख्दछ ।केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य २९,९९० रुपैयाँ रहेको छ ।
केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्लुक्युएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका)बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ ।
केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
स्टार्टअप
एनसेलले शुरू गर्यो ‘फास्ट फरवार्ड लाइफ’ अभियान
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुर…
अब हाम्रो पात्रोबाटै म्यासेज तथा भिडियो कल गर्न सकिने
नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्…
किन आवश्यकता पर्छ फाइभजी ?
स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दूई मत होला । तर, हाम्रो घरमा …
यस्ता छन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड भएका एप
सन् २०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन अचा…
सूचना महामार्गः चार वर्षमा २२ प्रतिशत काम
देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेक…
यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप
२०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन भने अच…
प्रभु बैंकले पनि शुरू गर्यो कर्पोरेट पे प्रणाली
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तान…
बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथ…
कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा
कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी…
सन् २०२० मा ह्वाट्सएपमा आएका यी हुन् १० फिचर
विश्वको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले सन् २०२० मा विभिन्न नयाँ फिचरहरु सार्वजनिक …
कर्मचारी सञ्चय कोषको किस्ता एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट तिर्न सकिने
एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजस…
सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै
नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिर…
नेपालमा कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको बिक्री शुरू
दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी सोनेट नेपालीब…
यी हुन् सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका पासवर्ड, के तपाईँले पनि प्रयोग गर्नुभएको छ ?
सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ…
मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैं…