कीवर्डहरू -

स्टार्टअप

अब अनलाइनबाटै यसरी लिनुहोस् हराएको लाइसेन्सको सिफारिस

हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाईसेन्स, बिलबुकर पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए ।

यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए ।

यसरी लिनुहोस् सिफारिस

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले सुरुमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । अब कुन हराएको डकुमेन्टको सिफारिस आवश्यक परेको हो त्यो छनौट गर्नुहोस् ।

त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भए अनुसार सबै विवरण सबमिट वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।

यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

स्टार्टअप

सनराइज बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, अब एसएमएस मार्फत ग्रिन पिन पाइने

सनराइज बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रे…

सोसल मिडियामा आफ्नो फोटो तथा भिडियो हाल्दा यी हुन् ध्यान दिनुपर्ने विषय     

हामी सबैलाई सोसल मिडियामा आआफ्नो फोटो तथा भिडियोहरु हाल्न एकदमै रमाइलो लाग्छ । आ…

आइटी क्षेत्रमा करियर बनाउन यी हुन् १० महत्वपूर्ण स्किल

प्रविधिको क्षेत्र द्रुत गतिमा दिन प्रतिदिन विकास हुँदै गइरहेको छ । हरेक दिन यो क्षे…

नेपालको शिक्षण प्रणालीमा आयाम फेर्न सक्ने \'ब्लेन्डेड लर्निङ\'

“ब्लेन्डेड लर्निङ”भन्ने वाक्यांश अहिले एकदमै चर्चित हुदै गएको छ। महामारीले गर्दा हजारौँ बालबालिकालाई भौतिक शिक्षा लिन असर पारेको छ । धेरै …

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगोनोस्टिक ल्याबबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैल…

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरू

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी अहिलेसम्म ४१ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुगिसकेको छ भने बाँकी जिल्लामा पनि ब्रोडब्याण्ड इन्टरनेट पु¥याउन सम्…

महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, डाक्टर अन कलको सेवा शूल्कमा ३० प्रतिसम्म छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…

अब एसएमएसबाटै ल्याण्डलाइनको बिल थाहा पाउन सकिने, यस्तो छ तरिका 

नेपाल टेलिकमको ल्याण्डलाइनको बिल अब एसएमएसबाटै थाहा पाउन सकिने भएको छ । कम्पनीले…

लिभिङ विथ आइसिटी म्यागजिनको भदौं अंक उपलब्ध 

नेपालको एकमात्र सूचना पविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको भदौं अंक भर्चुअल स्टोरमा उपलब्ध भएको छ । गत चैत महिनादेखि कोभिड १९ र लकडाउनको कारण धेरै…

चौधरी ग्रुपको जनआस्थाडटकम विरूद्ध प्रेस काउन्सिलमा उजुरी 

प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गरेको भन्दै जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रु…

इन्स्टाग्राममा क्यूआर कोड कसरी बनाउने र स्क्यान गर्ने ?

गत वर्ष इन्स्टाग्रामले जापानमा नेमट्याग सहित क्यूआर कोड फिचर सार्वजनिक गरेको थियो । …

कारमा स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ? यी हुन् बेफाइदा 

हामी कारमा लामो दूरी तय गरिरहेको हुन सक्छौँ । कतै घुम्न जाँदा होस अथवा लामो ड्रा…

पुरानो फोन किन सुस्त हुदै जान्छ ?

आजको युगमा प्राय हामी सबैले स्मार्टफोनको प्रयोग गर्छौं । हामी मध्ये धेरैले कम्पनीले …

फ्लासब्याक आइसिटी अवार्ड : यस्ता छन अहिलेसम्मका अवार्ड विजेताहरु 

लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि नेपालमा सूचना प्रविधिको क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गर्ने कार्यक्रम आइसिटी अवार्ड को आयोजना गर्दै आइरहेको छ । अहिले प…

यसरी सफा गर्नुहोस् आफ्नो स्मार्टफोन

स्मार्टफोन आजकाल प्राय हरेक मान्छेले प्रयोग गर्ने गरेका छन् । हामीले प्रयोग गर्ने फोन …