स्टार्टअप
कोरोना रोकथामको लागि सातै प्रदेशलाई एन आईसी एशिया बैंकको सहयोग
एन आईसी एशिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ १५ लाख रुपैयाँको दरले कुल १ करोड ५ लाख रुपैयाँ रकम प्रदान गरेको छ ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उदेश्यले देशका सातै प्रदेशलाई सहयोग रकम प्रदान गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पिडामा सघाउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको छ ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भइरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो ।
एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा रू ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ ।
यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको विश्वास बैंकले लिएको छ ।
स्टार्टअप
कोरोना नियन्त्रणमा यसरी भइरहेको छ प्रविधिको प्रयोग
चीनको वुहान सहरबाट शुरु भएको कोराना भाइरस (कोभिड-१९) अहिले विश्वका धेरै देशमा …
एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता
एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…
डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न
कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भि…
घरमै बसेर \'नि:शुल्क\' अध्ययन गर्नुहोस, यस्ता छन् चलेका अनलाइन लर्निङ प्लाटफर्म
यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसले गर्दा यो समाच…
यी हुन् सन् २०१९ का उत्कृष्ट एन्ड्रोइड एपहरु
विश्वमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ । विश्वमा आइफोन भन्दा एन्ड्रोइड फोन …
कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…
महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…
इन्टरनेट डटकम १ करोड ८० लाख डलरमा विक्री भएको थियो
पहिलो डटकम डोमेन दर्ता मार्च १९८५ मा भएको थियो । ३५ वर्षअघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक्स डटकम
हाम्रा डिभाइस कसरी कम्प्रोमाइज गरिन्छन् ?
हाल उपलब्ध हुने अधिकांश डिभाइसहरु इन्टरनेट सक्रिय हुने गरेका छन् । यस्ता डिभाइसहरू इन्टरनेटमा कनेक्ट हुने र एक्सेस गर्न सकिने गरी डिजाइन गरिएका हुन्छन् । <…
इन्टरनेटमा \'नेपाली\'
- नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा इन्टरनेट ग्राहकको संख्या २ करोड ११ लाख ७ हजार ५ सय ९० छ ।
- नेपालमा सबैभन्दा धे…
बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु
सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम
सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…