स्टार्टअप
यस्ता छन् जूम बम्बिङबाट बच्ने तरिका
पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्सिङको लागि जुमको प्रयोग हुने गरेको छ ।
जुम बाहेक माइक्रोसफ्ट टिम्स र गूगल मिट लगायतका विकल्पहरु पनि छन् । तर वेबिनारको लागि जुमको प्रयोग धेरैनै भइरहेको छ । जुम निशूल्क तथा सशूल्क भर्सन दुबैमा उपलब्ध रहेको छ ।
जुमले हालै सशूल्क तथा निशूल्क भर्सनमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउने घोषणा गरेको छ । नेपालमा जुमको व्यवसायीक रुपमा जेनश सोलुसनले लाइसेन्स प्रदान गरिरहेको छ ।
जूम मिटिङमा धेरै सुनिएको कुरा हो जुम बम्बिङ । जसले गर्दा कसैले तपाई को स्क्रीन कब्जानमा लिएर गलत काम गर्न सक्छ । त्यसकारण आज हामीले तपाईलाई जुम बम्बिङबाट कसरी बच्ने र कसरी जुमको सुरक्षित प्रयोग गर्ने भनेर जानकारी दिएका छौं ।
जूम एप अपडेट गर्नुहोस
जुम एप अपडेटेड गरिसकेपछि मिटिङ टुलबारमा सेक्युरिटीको नयाँ अप्सन देख्न सकिने छ । त्यसैले जूम एप चेक गर्नुहोस र नयाँ अपडेट डाउनलोड गर्नुहोस ।
कलको लागि युनिक आईडी र पासवर्डको प्रयोग
जुममा नयाँ अकाउन्ट बनाउदा तपाईलाई एक व्यक्तिगत मिडिङ आईडी दिइएको हुन्छ । यो एउटा न्युमेरिक कोड हो जुन मिटिङको लागि अरुलाई दिन सकिन्छ ।
त्यहाँ अर्को अप्सन पनि हुन्छ जसबाट नयाँ युनिक आईडी जेनेरेट गर्न सकिन्छ । तपाईले त्यहाँ पासवर्ड पनि परिवर्तन गर्न सक्नु हुनेछ । एकपटक तपाईले मिटिङको लागि पासवर्ड सेट गर्नभयो भने भविष्यको मिटिङको लागि पनि यसको आवश्यकता पर्दछ ।
वेटिङ रुमको सिर्जना
वेटिङ रुमको सहयोगले होस्टले सहभागीहरुलाई कन्ट्रोल गर्न सक्दछ । वेटिङ रुमको सहयोगले मिटिङमा सहभागीलाई एक एक गरेर वा एकैपटक प्रवेश गराउन सकिने छ ।
होस्टले मात्रै स्क्रीन शेयरको निश्चित गर्ने
जुमब मिटिङमा स्क्रीन हाइज्याक हुन बाट बच्न स्क्रीन शेयर होस्टले मात्रै गर्ने निश्चित गर्नुहोस ।
मिटिङ सुरु भएपछि लक गर्नुहोस
यदि तपाईले मिटिङ सुरु गर्नुभयो र तपाईले अपेक्षा गरेका सबै मिटिङमा जोडिनु भयो भने मिटिङ लक गर्नुहोस । जसबाट पछि आउने नयाँ सहभागीहरु सहभागी हुन् सक्दैन्न ।
सहभागीलाई हटाउन वा होल्डमा राख्न सकिने
जुममा मिटिङमा सहभागी भएकालाई होल्डमा राख्न सकिन्छ । यसबाट सहभागीको अडियो तथा भिडियो होल्डमा राख्न सकिनेछ । त्यस्तै सहभागीलाई मिटिङबाट हटाउनको लागि सहभागीको नाममा माउस ओभर गर्नुहोस । त्यसपछि त्यहाँ रिमुभ अप्सन सँगै अन्य विभिन्न विकल्पहरु देख्न सकिने छ ।
भिडियो डिसेबल गर्नुहोस
जूम मिटिङमा कसैको भिडियो पनि होस्टले बन्द गर्न सक्छन् । जुमको यस सुविधाले होस्टलाई अनावश्यक ध्यान भंग गर्ने वा भिडियो अयोग्य इशाराहरु ब्लक गर्न अनुमति दिनेछ ।
च्याटमा एनिमेटेड गिफ तथा अन्य फाइललाई रोक्ने
जुम मिटिङको च्याट एरियामा सहभागीहरुले शेयर गरेका फाइल, इमेज वा एनिमेटेड गीफलाई पनि रोक्न सकिन्छ ।
च्याट म्यानेज गर्ने
यदि तपाईले मिटिङ होस्ट गर्नु भएको छ र अपरिचित व्यक्तिले व्यक्तिगत च्याट गरेर सताएका छन् भने यो अप्सन तपाईको लागि हुन् सक्छ । यसबाट बच्न तपाईले प्राइभेट च्याटलाई डिसेबल गर्न सक्नु हुनेछ ।
यी यस्ता सुरक्षाका उपायहरू अपनाएर जुम मिटिङ तथा वेबिनारहरू सुरक्षित बनाउन सकिन्छ । योसँगै मिटिङको पासवर्ड सोसियल मिडियाहरूतिर पोस्ट गर्दा गलत मनसाय भएका व्यक्तिहरूले हात पारेर मिटिङ तथा कार्यक्रम बिथोल्ने प्रयास गर्न सक्छन् । माथिका विधिहरू अपनाएर जुम बम्बिङबाट बच्न र मिटिङ सुरक्षित गर्न सकिन्छ ।
स्टार्टअप
अशक्त मानिसको दैनिकीमा सहजता प्रदान गर्दै कलर ओएस
भरखरै विश्व स्वास्थ्य संगठले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एक बिलियन भन्दा बढी म…
यसरी गर्नुहोस् कम्प्युटरमा निःशूल्क भिडियो इडिट
आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…
साइबर सेक्युरिटीका केहि रोचक तथ्यहरु
- के तपाईलाई थाहा छ फेसबुकका मालिकले आफ्नो कम्प्युटर ल्यापटपको वेब क्याम्प र माइक्रोफोनमा टेप लगाउँछन ।
- अमेरिकाले आर्थिक…
एआईको ग्लोबल इकोनोमीमा १५.७ ट्रिलियन योगदान
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक था…
यि हुन् उत्कृष्ट १० ई लर्निङ प्लाटफर्म
विश्वमा डिजिटल शिक्षाको प्रयोग बढ्दो गतिमा छ । विश्वमा धेरै इ लर्निङ प्रदान गर्ने प्लाटफर्म छन् । जसले विश्वका चर्चित विश्व विद्यालयको प्रमाणपत्रहरु प्…
राम्रो ब्लगर बन्नका लागि १० वटा टिप्स
ब्लगिङ गर्नु सामान्य विषय भएपनि यसको क्षेत्र ठुलो छ । संसारभरका मानिसहरुले अनलाइन मार्फत पढ्न सक्ने हुदा आफ्नो ब्लग सकेसम्म राम्रो बनाउने कोसिस गर्नु प…
ब्लग कसरी सुरु गर्ने ?
ब्लग भत्राले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन् । आफुलाई लागेको कुरा …
यसरी प्रयोग गर्नुहोस सबैको लागि निःशूल्क उपलब्ध भएको गूगल मिट
विश्वमा कोभिड अर्थात कोरोना भाइरसको कारणले यतिबेला भिडियो कन्फेरेन्सिङको प्रयोग दि…
के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !
के तपाईलाई प्रोग्रामिङ वा सूचना प्रविधिसँग सम्बन्धित निशूल्क ईबुक चाहिएको छ । यदि त्…
IPTV ले कसरी काम गर्दछ ?
केबल टि.भी चलाऊनलाई जस्तै IPTV चलाऊन पनि सेटअप बक्स चाहिन्छ । …
आइटीमा करियर बनाउने सोचमा हुनुहुन्छ ? यि हुन् सम्भावनाका क्षेत्रहरु
इन्टरनेको विकासस“गै व्यक्तिले गर्ने रोजगारमा पनि धेरै नै परिवर्तन आउन थालेको छ । पहिलेका परम्परागत जागिर क्रमशः हट्दै नया“ प्रकारका जागिरको सुरु…