कीवर्डहरू -

स्टार्टअप

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४०प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो ।

बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।

बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

ऋणपत्रको ब्याज भुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावॉ १० वर्षपछि अर्थात २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।

स्टार्टअप

गूगलका यी ६ असफल प्रडक्ट

पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ

जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित व…