स्टार्टअप
फाइभजी सञ्जालले कसरी काम गर्छ ?
हामी निकै प्रतिक्षारत फाइभजी यूगमा प्रवेश गर्दै छौँ । यही क्रममा अब भविष्यमा आउने उपकरणहरु फाइभजीका लागि विशेष ध्यानमा राखि विकसित गरिने निश्चित प्रायः छ ।
विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगतरुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् ।
तीन प्रकारका रेडियो सिग्नलको प्रयोग मार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी तीन प्रकारका हुन्छन् । तीनका आ आफ्नै विशेषताहरु रहेका छन् ।
मोबाइल कन्ट्रयाक्ट योजनाका लागि क्यारियरको खोजीमा हुनु हुन्छ भने हरेक ब्याण्डका विशेषता तथा कमजोरीका बारेमा जान्नु आवश्यक छ ।
लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ ।
तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाइ ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् ।
लो ब्याण्ड
लो ब्याण्ड फाइभजीले कम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ ।
लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औशत फोरजी नेटवर्कका तुलनमा तिब्र नै हुने बताइन्छ ।
मिड ब्याण्ड
मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल रेडियस भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।
मिड ब्याण्ड फाएभजी भने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कभरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
हाई ब्याण्ड
हाई ब्याण्ड फाइभजी १ देखि ३ जीबीपीएस सम्मको गति लिन सक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल रेडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् ।
हाई ब्याण्ड फाइभजीको प्रयोग भने विशेषगरी अत्यधिक जनघनत्व भएका शहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परिक्षणहरुमा उच्च ब्याण्ड गति ३जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन् ।
यो भनेको औषत फोरजी कनेक्सनका तुलनमा करिव ८० गुना तिब्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ ।
स्टार्टअप
कोरोना रोकथामको लागि सातै प्रदेशलाई एन आईसी एशिया बैंकको सहयोग
एन आईसी एशिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, निय…
कोरोना संक्रमितको सर्बेक्षणमा *१४१९# डाइल गरि सहभागी हुन सकिने
नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी सँगको…
स्मार्ट सीममा रिचार्ज सकियो ? अनलाइनबाटै यसरी गर्नुहोस्
सरकारले २ हप्तादेखि देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सबै…
फेस्टले सार्वजनिक गर्यो बालबालिकाहरूको लागि निःशुल्क डिजिटल एप
कोरोना भाइरसको कारणले २ हप्तादेखि देश लकडाउनमा छ । जसको कारणले उद्योग, कल कारखा…
कोरोना नियन्त्रणमा यसरी भइरहेको छ प्रविधिको प्रयोग
चीनको वुहान सहरबाट शुरु भएको कोराना भाइरस (कोभिड-१९) अहिले विश्वका धेरै देशमा …
एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता
एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…
डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न
कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भि…
घरमै बसेर \'नि:शुल्क\' अध्ययन गर्नुहोस, यस्ता छन् चलेका अनलाइन लर्निङ प्लाटफर्म
यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसले गर्दा यो समाच…
यी हुन् सन् २०१९ का उत्कृष्ट एन्ड्रोइड एपहरु
विश्वमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ । विश्वमा आइफोन भन्दा एन्ड्रोइड फोन …
कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…
महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…
इन्टरनेट डटकम १ करोड ८० लाख डलरमा विक्री भएको थियो
पहिलो डटकम डोमेन दर्ता मार्च १९८५ मा भएको थियो । ३५ वर्षअघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक्स डटकम