स्टार्टअप
अशक्त मानिसको दैनिकीमा सहजता प्रदान गर्दै कलर ओएस
भरखरै विश्व स्वास्थ्य संगठले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको अनुमान गरिएको छ । तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो ।
अशक्तता रहेका मानिसहरुका स्वास्थ्य हेरचाह सम्बन्धि आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पुर्ति समेत हुन पाउँदैन ।
ईन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सका एक सदस्यका रुपमा ओपोको कलर ओएसले सक्रियरुपमा असक्तता भएका मानिसहरु लाई सहयोग गर्न तथा दैनिकीमा मोबाइल ईन्टरनेटका माध्यमबाट अनुकुलित सुविधाहरु माथि पहुँच पुर्याउन पहल गरिरहेको छ ।
दृश्य स्तर
दृश्य स्तरको कुरा गर्दा कलर ओएसले दृष्टि कमजोर भएका मानिसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउँछ ।
टक ब्याक फिचर सक्रिय गर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फङ्सनका माध्यमबाट सहजै पढ्न सक्छन् । साथै स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन् ।
सेलेक्ट टू स्पिक फङ्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् । साथै आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् ।
गेस्चर एण्ड मोसन्स फङ्सनले दृष्टि कमजोर भएका प्रयोगकर्तालाई अझ सहज तरिका बाट एन्सर र ह्यांग अप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ ।
यो फङ्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन् । यसको माध्यमबाट ईनकमिङ कल स्वीकार्ने कार्यमा सहजता प्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रुपमा कल रिसिभ गर्न सक्छन् ।
रंग दृष्टिमा कमी भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोडपनि उपलब्ध गरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’ का तुलनामा कलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ ।
यो फङ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पनि गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।
सुनुवाइको स्तर
कलर ओएसले श्रवण क्षमता कमजोर भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फङ्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दूबै च्यानलको आवाज प्रेसित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै प्रयोगकर्ताले फ्ल्याश अन कल फङ्सन अन गरी ईन कमिंग कलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन् ।
शारीरिक अशक्तता वा गतिशिलता सम्बन्धि समस्या भएका प्रयोगकर्ताहरु कलर ओएसको एक्सेसिबिलिटी फङ्सनको प्रयोग गर्न सक्छन् ।
स्क्रीनशट, भोलुम र ब्राइटनेस जस्ता साधारण फङ्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमा नियन्त्रित गर्न सकिन्छ । साथै कलर ओएसले टच एण्ड होल्ड डिले र ओपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर्सपनि कलर ओएसमा उपलब्ध छन् ।
ओपो कलरओेएसले अशक्तता भएका मानिसका लागि विशेष चासोका साथ नयाँ नयाँ फङ्सनको विकास गरिररहेको छ ।
साथै तिनका लागि सहजता प्रदान गर्न एक्सेसिबिलिटी एसोसिएसनका ब्यवसायिकहरुका साथ निरन्तर मिटिङ र कलर ओएस टिमले अशक्त ईञ्जिनियरहरु सँग उत्पादनमा परिस्कृतिकरणका लागि सुझाव पनि माग्ने गरेको छ ।
शारीरिक अशक्तता भएका मानिसहरुको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधान उपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदान गर्नु कलर ओएसको उद्देश्य हो ।
भविस्यमा पनि ओपोले आफ्ना उत्पादन अनुकुलन गर्दै अशक्तता रहेका प्रयोगकर्ताका समस्याको समाधान गर्दै बाधा रहित फङ्सनको उपयोग गर्ने कार्यतिर निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरेको छ ।
स्टार्टअप
स्मार्ट विद्यालय र प्रविधिमैत्री शिक्षाका केहि आधारहरु
अहिले देश २ महिनाबढि समयदेखि लकडाउनमा छ । विद्यालयहरु बन्द छन । केहि विद्यालयहरुले अनलाइन शिक्षाको सुरुवात गरिसकेका छन भने केहि तयारीम…
नीति तथा कार्यक्रममा प्रविधि तथा डिजिटलाइजेसनका कुरा
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत जेष्ठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत ग…
पीसीआर मेसिनको लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक था…
यि हुन् उत्कृष्ट १० ई लर्निङ प्लाटफर्म
विश्वमा डिजिटल शिक्षाको प्रयोग बढ्दो गतिमा छ । विश्वमा धेरै इ लर्निङ प्रदान गर्ने प्लाटफर्म छन् । जसले विश्वका चर्चित विश्व विद्यालयको प्रमाणपत्रहरु प्…
राम्रो ब्लगर बन्नका लागि १० वटा टिप्स
ब्लगिङ गर्नु सामान्य विषय भएपनि यसको क्षेत्र ठुलो छ । संसारभरका मानिसहरुले अनलाइन मार्फत पढ्न सक्ने हुदा आफ्नो ब्लग सकेसम्म राम्रो बनाउने कोसिस गर्नु प…
ब्लग कसरी सुरु गर्ने ?
ब्लग भत्राले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन् । आफुलाई लागेको कुरा …
यसरी प्रयोग गर्नुहोस सबैको लागि निःशूल्क उपलब्ध भएको गूगल मिट
विश्वमा कोभिड अर्थात कोरोना भाइरसको कारणले यतिबेला भिडियो कन्फेरेन्सिङको प्रयोग दि…
के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !
के तपाईलाई प्रोग्रामिङ वा सूचना प्रविधिसँग सम्बन्धित निशूल्क ईबुक चाहिएको छ । यदि त्…
IPTV ले कसरी काम गर्दछ ?
केबल टि.भी चलाऊनलाई जस्तै IPTV चलाऊन पनि सेटअप बक्स चाहिन्छ । …
आइटीमा करियर बनाउने सोचमा हुनुहुन्छ ? यि हुन् सम्भावनाका क्षेत्रहरु
इन्टरनेको विकासस“गै व्यक्तिले गर्ने रोजगारमा पनि धेरै नै परिवर्तन आउन थालेको छ । पहिलेका परम्परागत जागिर क्रमशः हट्दै नया“ प्रकारका जागिरको सुरु…
फाइभजी सञ्जालले कसरी काम गर्छ ?
हामी निकै प्रतिक्षारत फाइभजी यूगमा प्रवेश गर्दै छौँ । यही क्रममा अब भविष्यमा आउने उ…
के हो टु स्टेप भेरिफिकेसन ?
टु स्टेप भेरिफिकेसन भनेको एउटा सेक्युरिटी लेएर हो । जसले तपाईँको अकाउन्टलाई सुरक्…
पोस्टपेड मोबाइलको बिलिङ प्रणाली बारे टेलिकमले पार्यो स्पष्ट
नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरु…
अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने
अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर सकिने भएक…