कीवर्डहरू -

स्टार्टअप

म्यानमार र बंगलादेशका वित्तीय संस्थामा प्रयोग भइरहेको नेपाली सफ्टवेयर

नेपालमै विकास भइ विदेशमा विदेशमा सफलतापूर्वक सञ्चालन भइरहेको नेपाली सफ्टवेयरहरू एकदमै कम छन् । त्यही कम सफ्टवेयरमध्ये एक हो, ३६० कोर बैंकिङ सिस्टम । 

३६० कोर बैंकिङ सिस्टम, जुनेली इंकले विकास गरेको सफ्टवेयर हो । ३६० कोर बैंकिङ सिस्टम एउटा यस्तो नेपालमै बनेको सफ्टवेयर हो, जसको प्रयोगको सुरूवात नै विदेशबाट भएको थियो । 
३६० कोर बैंकिङ सिस्टम वित्तीय संस्थाका लागि कोर बैंकिङ सिस्टममा हुने मापदण्ड अनुरूप तयार पारिएको सफ्टवेयर भएको जुनेली इंकका सीईओ अपार थेबेले बताए । 

‘फाइनान्सियल नम्समा आधारित रहेर हामीले ३६० कोर बैंकिङ सिस्टम बनाएका हौं,’ उनले आईसीटी समाचारसँग भने, ‘सुरूमा लघुवित्तका लागि बनाइएको सफ्टवेयर अहिले सरकारीमा समेत प्रयोग हुँदै आएको छ ।’

स्नातक तहको पढाइ सकिएपछि आपर थेबेलाई प्रविधि क्षेत्रमै केही गर्ने हुटहुटी थियो । त्यसमाथि उनको अध्ययन नै प्रविधिमा थियो । प्रविधि क्षेत्रमै केही गर्ने सोच बनिरहेको बेला उनलाई वित्तीय क्षेत्रका लागि सफ्टवेयर बनाउने आईडिया फुर्‍यो ।

अनि २ वर्षको कडा मिहिनेतपश्चात २०७२ सालबाट ३६० कोर बैंकिङ सिस्टम सञ्चालनमा आएको हो । यसको सुरूवाती प्रयोग नै म्यानमारबाट भएको थियो । अहिले म्यानमारका ६ वटा  र बंगलादेशका लघुवित्त तथा नेपालका ३५० बढी सहकारीमा सफ्टवेयर चलिरहेको छ । 

३६० कोर बैंकिङ सिस्टममा क्लाउड बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल टेलर, ब्राञ्चलेस बैंकिङ, एटीएम, एसएमएस बैंकिङ लगायतका कोर बैंकिङ सिस्टममा हुनुपर्ने सबै सुविधा छन् ।
अनेक चुनौतीको सामान गर्दै जुनेली इंक अहिलेको स्थानसम्म आइपुगेको छ ।

null

म्यानमार र बंगलादेशमा सफलतापूर्वक चलिरहेका बेला नेपालको सहकारी क्षेत्रबाट पनि सफ्टवेयर प्रयोगको प्रस्ताव आएपछि २०७४ सालबाट यहाँपनि काम गर्न थालेको थेबे बताउँछन् ।  
‘आफुहरूले विकास गरेको सफ्टवेयर सुरूमै विदेशी वित्तीय संस्थामा प्रयोग हुन हाम्रो लागि खुसीको विषय थियो,’ उनी खुसी हुँदै भन्छन्, ‘अहिले हामीले नेपालमा पनि धेरै सहकारीलाई सेवा दिइरहेका छौं । यसलाई अझै बढाउँदै जाने योजना छ ।’

बजारमा सहकारीमा प्रयोग हुने सफ्टवेयरहरू धेरै छन् । तर आधाभन्दा बढी सफ्टवेयरले फाइनान्सियल नम्सभन्दा बाहिर गएर तयार भएका छन् । बजारका उपलब्ध आधा बढी सफ्टवेयरले फाइनान्सियल नम्सलाई फ्लो नगरेका थेबेको दावी छ । 

उनी अगाडि भन्छन्, ‘बजारमा उपलब्ध केही सफ्टवेयरमा ब्याकडेटमा गएर डेटा इन्ट्री गर्न मिल्छ । फाइनान्सियल नम्सले त्यसलाई स्वीकार गर्दैन । तर पनि त्यो काम भइरहेको छ ।’ फाइनान्सियल नम्सको प्रयोगमा ३६० कोर बैंकिङ सिस्टम कठोर छ ।

बेला बेला ग्राहकले उक्त नम्सभन्दा बाहिर गएर सेवा सुविधा मागिरहेका हुन्छन् । तर कम्पनीले सो सेवा दिदैन् । त्यसको साटो आपसी सहमतिमै सफ्टवेयर झिक्ने गरेको छ । अहिलेसम्म करिब २०-३० प्रतिशत ग्राहकको संस्थाबाट सफ्टवेयर झिकेको कम्पनीको अनुभव छ । कम्पनीमा अहिले २५ जनाभन्दा बढीले रोजगारी पाएका छन् । ती मध्ये धेरैजसो प्रोजेक्ट बेसिसमा रहेर काम गरिरहेका छन् । 

null

नेपालीले बनाएको सफ्टवेयर विदेशीले विश्वास गर्दा नेपालमा भने विश्वास गर्न अन्कनाई रहेका हुन्छन् नि ? भन्ने हाम्रो प्रश्नमा, जनशक्ति, सेवा सुविधाको डेलिभरी लगायतले त्यसमा केही असर गरेको उनको बुझाइ छ ।

नेपालमा विश्वस्तरीय काम गर्न सक्ने ट्यालेन्ट र कम्पनी छन् । तर एउटा फ्रेमवर्कभन्दा ‘वियोन्ड’ कुनै प्रोजेक्टलाई स्केल गर्न खोज्दा जनशक्ति अभावका कारण गार्‍हो हुने गरेको उनको ठम्म्याइ छ । 

‘यो हाम्रो कमजोरी हो । त्यसलाई स्वीकार गर्नुपर्छ,’ थेबे भन्छन् । अर्को कुरा, कतिपय अवस्थामा अवसर पाउँदा पनि समयमा काम नहुँदा अविश्वास देखा पर्ने उनले बताए । 

स्टार्टअप

डिजिटल ठेगाना प्रणाली कताहो सुरू, घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गर्न सकिने

नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…

आफ्नो घरको ठेगाना प्लेट तयार पार्ने डिजिटल ठेगाना प्रणाली ‘कताहो’

नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ । 

स्टार्टअपमैत्री देशको सूचीमा अटाएन नेपाल, काठमाडौं भने उत्कृष्ट एक हजार शहरभित्र पर्न सफल

नेपालको काठमाडौं शहर विश्वका उत्कृष्ट १ हजार स्टार्टअपमैत्री शहरभित्र पर्न सफल भएको छ । ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ को स…

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’​​​​​​​

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको र…

हाम्रो पात्रो हेल्थलाई ‘स्टार्टअप अफ द इयर’को अवार्ड

‘हाम्रो पात्रो हेल्थ’ले ‘स्टार्टअप अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च…

स्टार्टअपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले द्योग मन्त्रालयबाट योग्यता पुगेका स्टार्ट अपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० …

घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’

काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुल…

एनवाईईएफ स्टार्टअप अवार्ड्समा परेका उत्कृष्ट ७ स्टार्टअप

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको 

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ ।…

सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्ने प्रविधि ‘जियोमेट’

आफ्नो गाडी कता छ ? कहाँ आईपुग्यो ? कतै दुर्घटनामा त परेको छैन् ? कति भाडा उठ्यो ? दैनिक जसो गाडी धनीको मनमा उठ्ने प्रश्न हुन्, य…

एनवाईईएफ स्टार्टअप अवार्ड्सका उत्कृष्ट २० स्टार्टअप सार्वजनिक, अब कस्तो हुन्छ प्रक्रिया ?

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको