स्टार्टअप
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ राइजिङ स्टार इन्नोभेसन मध्येबाट एउटालाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।
राइजिङ स्टटार इन्नोभेसन आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।
यस विधामा विद्यार्थीहरूले बनाएका आईटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया यस प्रकार छन् ।
बाली विज्ञान
सनवे कलेजका विद्यार्थीले तयार पारेको बाली विज्ञान बालीहरूको रोग पत्ता लगाउन सहयोग गर्ने एप हो । एपबाट बोट विरूवाको फोटो खिचेर पठाएपछि त्यसमा लागेको रोग र निदानको उपाय बताउने गर्दछ । यसका लागि यसमा एआई र मेसिन लर्निङ प्रविधि प्रयोग गरिएको छ ।
डाक्टर फिश
काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाएको डाक्टर फिश, अक्वाकल्चरका लागि विकास गरिएको आईओटीमा आधारित एआई मोनिटरिङ सिस्टम हो । माछा पालन गरेको ठाउँको पानीको तापक्रम, अक्सिजन, पिएच स्तर, नाइट्रोजन र टर्बिडिटी दैनिक अनुगमन गर्छ, जसले आहार तालिका बनाउन, माछाको वृद्धि दर अनुमान गर्न र स्वास्थ्य समस्या पत्ता लगाउन सहयोग पुर्याउँछ । डाक्टर फिशले माछा फार्ममा हानिकारक एल्गी ब्लूम र माछाको रोगहरूको प्रभावलाई कम गर्न किसानहरूलाई सक्रिय उपायहरू लिन सघाउँछ । फोटो खिचेर सिस्टममा राखेपछि यसले माछाहरूमा लागेको रोग समेत पत्ता लगाउने सहयोग गर्नेछ ।
हाइपर्स
ई-कमर्स सोलुसन प्रदान गर्ने प्लेटफर्म हो, हाइपर्स । हाइपर्सले एफोर्डेबल, कस्टोमाइजेबल र स्केलेबल ई–कमर्स सेवा प्रदान गर्दै आएको छ । यसले हेडलेस कमर्स अवधारणामा काम गर्छ, जसले फ्रन्टएण्ड र ब्याकएण्डलाई छुट्याउँदै कोर सिस्टममा कुनै पनि परिवर्तन नगरी व्यवसायलाई छिटो र सहज अपडेटको सुविधा दिने गर्दछ ।
स्पिकअप नेपाल
स्पिकअप नेपाल नेपालको पहिलो अनलाइन पेटिसन प्लेटफर्म हो । नेशनल कलेजका विद्यार्थीले विकास गरेको यस प्लेटफर्मबाट सानादेखि ठूलासम्मका कुनै पनि विषयमा आफ्नो आवाज उठाउन र सम्बन्धि निकाय समक्ष दबाब सिर्जना गर्न सकिन्छ । नागरिकहरूको आवाज प्रवर्द्धन गर्दै देशमा सुशासन र उत्तरदायीत्वलाई प्रोत्साहन गर्नका लागि यसको डिजाइन गरिएको हो । स्पिकअप नेपाल दैनिक रूपमा २ हजार बढीले प्रयोग गरिरहेका छन् ।
राइटअनएआई
कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थीले बनाएको एआई कन्टेन्ट जेनेरेट गर्न सकिने प्लेटफर्म हो, राइटअनएआई । बिजनेस, कन्टेन्ट क्रियटर, डिजिटल मार्केटर र विद्यार्थीका लागि डिजाइन गरिएको राइटअनएआईले एकैठाउँबाट टेक्स्ट, इमेज र भ्वाइस कन्टेन्ट बनाउन सहयोग गर्दछ । यसमा एआई राइटर, च्याटबट, स्मार्ट एडिटर, कोड जेनेरेटर, एआई भिजन, फाइल च्याट, एजुकेसनल टुल लगायतका सुविधा रहेका छन् ।
स्टार्टअप
ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म
आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारम…
आधुनिक सिलाई मेसिनका आविष्कारक सिङ्गर, जसले नवप्रवर्तनमार्फत लाखौंको जीवनमा परिवर्तन ल्याए
आइज्याक मेरिट सिङ्गरको एउटा आविष्कारले आज धेरैको जीवनलाई रूपान्तरण गरिदिएको छ । धेरैलाई आत्मनिर्भर बनाएको छ । धेरैको जीविकोपार्जन माध्यम बनेको छ । त्यो आवि…
वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा
सोशल मिडिया एप्लिकेसन इन्स्टाग्राम विश्वको लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो । विशेष गरी युवापुस्ताको रोजाइमा इन्स्टाग्…
३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना प्रकाशित…
स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको …
स्टार्टअप नीति कार्यान्वयनमा सरोकारवालाहरुको जोड
गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०८० कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा…
१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने
सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक व…
स्टार्टअपले १० वर्षसम्म आयकरमा छुट पाउने, यस्तो छ स्टार्टअप नीति
सरकारले स्टार्टअपलाई १० वर्षसम्म आयकरमा छुट दिने भएको छ । सरकारले हालै पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा स्टार्टअ…
१ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने सरकारको घोषणा
सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।
सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने
सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने भएको छ ।
सङ्घीय संसद्को संयुक्त…
ग्राफिक डिजाइनको इडिटेबल फाइल किन्न मिल्ने प्लेटफर्म ग्राफिक्स सेल नेपाल डटकम
कसैलाई शुभकामना दिन होस् वा कुनै सभा, सम्मेलन, गोष्ठी लगायतका कामका लागि नै किन नहोस् । व्यक्तिगत र व्यवसायिक कामका लागि ग्राफि…
सहकारीलाई डिजिटलाइज गर्दै मिरा ईआरपी सफ्टवेयर
मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा सहकारीलाई लिइन्छ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर धेरै सहकारी…
राईड शेयरिङ प्लेटफर्म जुमजुमः राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट
नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ नामक राईड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । एफवान सफ्ट अन्तर्गतको नेपाल मो…
स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’
पोखराका स्वदेश नेपाली, कोरोना महामारी अगाडिसम्म साझेदारीमा पोखरामा होटल सञ्चालन गरिरहेका थिए …
राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत, स्टार्टअपको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने
राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत गरेको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वी…