कीवर्डहरू -

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने

सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गरिने र स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको जानकारी दिएका हुन् । 

साथै प्रत्येक प्रदेशमा बिजनेस इन्क्यूबेसन सेन्टर खोल्ने र प्राइभेट इक्यूटी तथा भेन्चर क्यापिटललाई शेयर बजारमा लगानी गराउने नीति ल्याउने समते पुनले बताएका छन् ।