कीवर्डहरू -

ग्राफिक डिजाइनको इडिटेबल फाइल किन्न मिल्ने प्लेटफर्म ग्राफिक्स सेल नेपाल डटकम

ग्राफिक डिजाइनको इडिटेबल फाइल किन्न मिल्ने प्लेटफर्म ग्राफिक्स सेल नेपाल डटकम

कसैलाई शुभकामना दिन होस् वा कुनै सभा, सम्मेलन, गोष्ठी लगायतका कामका लागि नै किन नहोस् । व्यक्तिगत र व्यवसायिक कामका लागि ग्राफिक डिजाइन टेम्प्लेट आवश्यक परिरहेको हुन्छ । 

तर कहिलेकाँही आफुले चाहेको जस्तो नेपाली डिजाइन टेम्प्लेट नभेटाउँदा मन खिन्न हुन्छ । हो, तपाईको यही समस्यालाई पुरा गर्न आएको छ, ग्राफिक्स सेल नेपाल डटकम । 

ग्राफिक सेल नेपालले आफ्नो साइटमा विभिन्न डिजाइन टेम्प्लेट राखेको छ । आफुलाई मन परेको टेम्प्लेट खरिद गरेर सजिलो फोटोशपमा आफ्नो आवश्यतका अनुसार इडिट गर्न सकिन्छ ।फोटोशप प्रयोगकर्तालाई इडिट गर्नका लागि पीएसडी (.PSD) र टीआईएफ (.TIF) फर्म्याटमा फाइल उपलब्ध गराउने ग्राफिक सेल नेपालका संस्थापक निरज निरौलाले बताए । 

नेपालमा ग्राफिक डिजाइनहरू धेरै भएपनि अनलाइनबाटै ग्राफिक डिजाइनको इडिटेबल फाइल उपलब्ध गराउने  ग्राफिक सेल नेपाल डटकम एकमात्र प्लेटफर्म भएको कम्पनीको दावी छ ।ग्राफिक्स सेल नेपालले फोटो स्टुडियालाई लक्षित गर्दै १ हजारदेखि १५ हजारसम्मको प्याकेज समेत ल्याएको छ । प्याकेजमा निःशुल्क सपोर्टदेखि प्रिमियम फण्ड, दैनिक डिजाइन जस्ता सुविधा छन् । 

प्याकेज बाहेक आफुलाई आवश्यक परेको फाइल टेम्प्लेट मात्रै पनि खरिद गर्न सकिन्छ । एउटा टेम्प्लेटको मूल्य ९९ रूपैयाँ तोकिएको छ । 

यसमा आईडी कार्ड, प्रमाणपत्र, फ्लेक्स डिजाइन, कन्सल्टेन्सी, भिजिटिङ कार्ड, वेडिङ, वेब ब्यानर, चाडपर्व, निमन्त्रणा, चुनाव, लोगो, समवेदना, भनाइ, फोटो फ्रेम, एजुकेसन लगायतका विभिन्न क्षेत्रका ग्राफिक डिजाइन टेम्प्लेट उपलब्ध रहेको अर्का संस्थापक रेनु घिमिरेले बताइन् । 

ग्राफिक सेल नेपालबाट अहिले १० हजार बढीले सेवा लिइरहेका छन् । लकडाउनमा जन्म भएको ग्राफिक सेल नेपालमा ५ जनाले रोजगारी पाएका छन् ।