कीवर्डहरू -

सस्तो शुल्कमा वेबसाइट होस्टिङ सुविधा दिने ‘इपिसेन्टर होस्टिङ’

सस्तो शुल्कमा वेबसाइट होस्टिङ सुविधा दिने ‘इपिसेन्टर होस्टिङ’

पछिल्लो समय नेपालमा पनि स्टार्टअप कल्चर बढ्दै गएको छ । कुनै पनि स्टार्टअप वा व्यवसायका लागि वेबसाइट महत्त्वपूर्ण हुन्छ । वेबसाइटका लागि होस्टिङ आवश्यक पर्छ । तर होस्टिङ शुल्क महंगो भएका कारण कतिपयलाई आफ्नो व्यवसायको वेबसाइट बनाउन समस्या भइरहेको हुन्छ । 

यी सबै समस्यालाई ध्यानमा राख्दै डियर वाक स्कुलमा कक्षा ११ मा अध्ययन गरिरहेका काठमाडौंका दिक्षान्त पाण्डेले सुरू गरेको स्टार्टअप हो, इपिसेन्टर होस्टिङ ।  

इपिसेन्टर होस्टिङ स्टार्टअप र विजनेशलाई मध्यनजर गरेर सुरु गरिएको संस्थापक दिक्षान्त पाण्डेले बताए । ‘साना साना व्यवसायलाई लक्षित गर्दै इपिसेन्टर होस्टिङ सुरू भएको हो,’ उनले भने, ‘यसमा हामीले सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रयास गरेका छौं।’ 

null

इपिसेन्टर होस्टिङ सुरू गर्नुमा पाण्डेको पनि आफ्नै कहानी छ । खासमा उनलाई एउटा वेबसाइट चाहिएको थियो, त्यसका लागि होस्टिङ सेवा आवश्यक पर्‍यो । तर होस्टिङ शुल्क महंगो । 

दिक्षान्तलाई लाग्यो, यो समस्या मेरो मात्र होइन, म जस्ता हजारौंको हो । अनि इपिसेन्टर होस्टिङको आईडिया फुर्‍यो । आफु जस्ता धेरैको समस्या समाधान गर्न ४ महिना अगाडि इपिसेन्टर होस्टिङ सुरू गरेको पाण्डे बताउँछन् । 

इपिसेन्टर होस्टिङमा एउटा गज्जबको सुविधा भनेको यसमा एआई प्रविधिलाई एकीकृत गरिएको छ । कुनै समस्या आए तपाईले एडमिनलाई सम्पर्क गरिरहनु पर्दैन् । सो समस्या हल गर्न एआईले सघाउने छ । अहिलेसम्म इपिसेन्टर होस्टिङ १० जनाभन्दा बढीले प्रयोग गरिरहेका छन् ।