कीवर्डहरू -

एनवाईईएफ स्टार्टअप अवार्ड्सका उत्कृष्ट २० स्टार्टअप सार्वजनिक, अब कस्तो हुन्छ प्रक्रिया ?

एनवाईईएफ स्टार्टअप अवार्ड्सका उत्कृष्ट २० स्टार्टअप सार्वजनिक, अब कस्तो हुन्छ प्रक्रिया ?

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्स उत्कृष्ट २० स्टार्टअप छनौट भएका छन् । देशभरबाट प्राप्त १५० आवेदनबाट उत्कृष्ट २० स्टार्टअप छनौट गरिएको हो । 

देशभरबाट प्राप्त आवेदन मध्येबाट उत्कृष्ट २० स्टार्टअपमा आमा, अफिभर्स टेक सर्भिसेस, असली हिमाली, अभियान टेक, बीबाबो, ब्ल्यांकसर, दूरशिक्षा, गल्ली म्याप्स, हाम्रो हेल्थ, देस्ना, आईडियाप्रेनर नेपाल, इन्टर्न नेपाल,  जस्ट चेक, मेरो शिक्षा, पेट मामा, क्विकफ्स कन्सल्टिङ, सम्भव्या ग्रुप, टावर गेनिक्स र युनिभर्सिटी गाइड्स रहेका छन् ।  

विगत २ वर्षदेखि एनवाईईएफ काठमाडौंले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्समा यस वर्षदेखि एनवाईईएफका सबै च्याप्टर तथा गभर्निङ काउन्सिलको समेत सहकार्य रहेको छ । 

स्थानीय स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउन एनवाईईएफ स्टार्टअप अवार्ड्स आयोजना गर्दै आएको  एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् । 

‘स्थानीय स्टार्टअप इकोसिस्टम विकास र प्रवर्द्धनका लागि स्टार्टअपलाई प्लेटफर्म दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ शाखःले आईसीटी समाचारसँग भनिन्, ‘त्यसैकारण स्टार्टअपलाई प्रोत्साहन गर्न र लगानीको अवसर प्रदान गर्न यो कार्यक्रम सुरू गरेका हौं ।’ 

छनौट भएका २० स्टार्टअपहरूलाई अब ६ वटा एक्सपर्ट सेसन सञ्चालन हुनेछन् । उक्त सेसनमा स्टार्टअपलाई आवश्यक कानुनी, वित्तीय लगायतका विषय समेटिन्छ । 

एक्टर्स सेसन भइसकेपछि स्टार्टअपहरूले आफ्नो आईडिया पिच गर्नुपर्ने हुन्छ । पिच गरेपछि उत्कृष्ट ७ स्टार्टअप छनौट गरिने छ । 

उत्कृष्ट ७ मा पर्न सफल स्टार्टअपलाई एक-एक जना मेन्टर असाइन हुनेछन् । मेन्टरहरूले स्टार्टअपहरूलाई गाइड गर्नेछन् । विभिन्न उद्योगमा लामो अनुभव भएका व्यक्तिहरू एक्सपर्ट र मेन्टरको रूपमा रहेका छन् ।

जनवरी १२ मा हुने फाइनल कार्यक्रम अर्थात डेमो डेमा उत्कृष्ट ७ ले पिच गर्नुपर्नेछ । सो पिचङका आधारमा ३ स्टार्टअपलाई अवार्ड्स प्रदान गरिने एनवाईईएफले जनाएको छ । विजेताहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

फिनालेमा नेपालका लगानीकर्ता समेत सहभागी हुनेछन् । उनीहरूले आफुलाई मन परेको स्टार्टअपमा ठाउँको ठाउँमा लगानी समेत गर्न सक्ने छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा हुन लागेको सलिकोको प्रस्तुती एनवाईईएफ स्टार्टअप अवार्ड्समा इन्भेष्टमेन्ट पार्टनरको रूपमा नेपाल प्राइभेट इक्विटी एशोशिएसन, एजुकेसन पार्टनरको रूपमा एपेक्स कलेज, कम्युनिटी पार्टनरमा अन्तरप्रेरणा, आईडिया स्टुडियो र न्यास आईटी रहेका छन् । 

null