कीवर्डहरू -

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा यार्सा टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । 

प्राप्त आवेदनबाट नेपालमै विद्युतीय सामग्री उत्पासन गरिरहेको कम्पनी यार्सा टेकले स्टार्टअप आइसिटी अवार्ड २०२३ जित्न सफल भएको हो । 

यार्सा टेक सन् २०२१ मा सविता शर्मा र नवज्योती (एनजे) सुवेदीले स्थापना गरेको कन्जुमर इलेक्ट्रोनिक प्रडक्ट बनाउने कम्पनी हो । पोखरामा प्रधान कार्यालय रहेको यार्सा टेकले अहिलेसम्म निजी पावर, अडिक्युआर, जुनकिरी अडिक्युआर लगायतका प्रडक्ट बनाएको छ ।

नेपालको माटो सुहाउँदै र नेपालीलाई आवश्यक पर्ने प्रडक्ट बनाइरहेको कम्पनीको दावी छ । अहिले यार्सा टेकमा ३० जनाले रोजगारी पाएका छन् ।